खस्यौली युथको अध्यक्षमा न्यौपाने

423

खस्यौली युथको अध्यक्षमा न्यौपाने

बुटवल, २८ फागुन । लियो वर्ष २०१७/०१८ का लागि मोती न्यौपाने “मोहन” को अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गर्दै लियो क्लव अफ बुटवल खस्यौली युथको चौथो अधिवेशन सम्पन्न भएको छ ।

समितिको प्रथम उपाध्यक्षमा विशाल पाण्डे, द्धितिय उपाध्यक्षमा व्युटि रसाल, तृतिय उपाध्यक्षमा ज्योति सारु मगर, सहसचिवमा दिपक न्यौपाने, सह–कोषाध्यक्षमा राजु भुषाल निवाचित भएका छन् । यस्तै निर्देशकहरुमा राजिव जंग कुवर, होमनाथ सापकोटा, टेलटुइस्टरमा निशा क्षत्री, टेमरमा शास्वत पाण्डे र पि.आर.ओमा सुदिप अधिकारी निर्वाचित भएका छन् । सचिव र कोषाध्यक्ष पदमा अध्यक्षले मनोनित गर्ने लायन्स अन्तराष्ट्रियको विद्यान बमोजीम सचिवमा विजय पन्थ र कोषाध्यक्षमा दिपेन्द्र भट्टराई मनोनित भएका छन् ।

लियो क्लव अफ बुटवल खस्यौली युथका वर्ष २०१६/०१७ का अध्यक्ष सुदिप बेलबासेको अध्यक्षतामा भएको कार्यक्रममा लियो सल्लाहकार लायन मुक्ति प्रसाद श्रेष्ठ, निर्वाचन अधिकृत शितल ज्ञवाली, एरिया ४ कोर्डिनेटर सरोज कडेल, संस्थापक अध्यक्ष रमेश अर्याल लगायतले बोल्दै नवनिवार्चित कार्य समितिका पदाधीकारीलाई बधाइ तथा शुभकामना दिएका थिए ।

लियो वर्ष २०१६/०१७ का द्धितिय उपाध्यक्ष विशाल पाण्डेको स्वागत र प्रथम उपाध्यक्ष मोहन न्यौपानको धन्यवाद ज्ञापनमा भएको कार्यक्रमको संचालन विकास गौतमले गरेका थिए ।