लखनचोकमा सरसफाई

229

लखनचोकमा सरसफाई

कोटीहवा, २८ फागुन । लखनचोक टोल विकास तथा सरसफाई समितिले पडसरीको लखनचोकमा सरसफाई  गरेको छ । समितिले सरसफाई गर्नुको साथै लखचोक देखि भित्री बाटो कटैया सम्म पÞmोहोर व्यवस्थापन गर्ने ड्रम राखेको समितिका अध्यक्ष  छविलाल थापाले बताउनु  भयो ।

कार्यक्रमको उद्वेश्य बारे समितिका उपाध्यक्ष अयोध्या प्रसाद भण्डारीले जानकारी दिनु भयो । कार्यक्रमको संचालन सचिव भानुभक्त पौडेलले गर्नु भएको थियो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष सरु रानाले प्रस्तुत गर्नु भएको  थियो । आगामी दिनमा  टोल विकास तथा आर्थिक व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । टोल सफा सुग्घर राख्न सकेमा विभिन्न रोगबाट बच्नुको साथै आफ्नो टोलको बेग्लै पहिचान हुनेमा कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका थिए ।

टोललाई सफा सुग्घर राख्न आर्थिक संकलन टोलवासीले गर्दै आएका छन् ।