सैनामैनामा फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा

312

सैनामैनामा फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा

ललित पाण्डेय/
सैनामैना, २८ फागुन । रुपन्देही जिल्लामा प्रथम सैनामैना गोल्डकप नकआउट फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कला संस्कृतिको जगेर्ना गरौं, खेलकुद क्षेत्रलाई सम्मान गरौं भन्ने नारा लिएको गोल्डकपको  सैनामैना नगरपालिकाको सहयोगमा जनप्रिय स्टोटिङ्ग युवा क्लब सैनामैनाको आयोजनामा प्रतियोगिताको आयोजना गरिएको हो ।

आगामी चैत्र १ गते बाट सुरु हुने प्रथम संस्करणको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । सैनामैना ७ देउवापारमा रहेको सरस्वती माविको खेल प्राङ्गणमा आयोजना हुने प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडी सहितको सहभागितामा खेल सञ्चालन हुने क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिएका छन् ।

प्रतियोगितामा रुपन्देही लगायत नवलपरासी, कपिलबस्तु जिल्लाका राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिएका १३ वटा टिमले सहभागि जनाउने अध्यक्ष रानाले बताएका छन् । चैत १३ गते सम्म सञ्चालन हुने प्रतियोगिताको प्रथम पुरुस्कार रु १ लाख १७ हजार १ सय १७, द्धितिय पुरुस्कार रु ५८ हजार ८ सय ८८ रहेको छ । त्यस्तै सेमीफाईनमा प्रवेश गर्ने  २ टिमलाई नगर १२ हजार पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन् ।

उत्कृष्ट खेलाडीलाई ७ हजार ७ सय ७७ रुपैया रहेको छ भने विद्यागतरुपमा उत्कृष्ट खेलाडीलई रु ४ हजार ४ सय ४४ रुपैया पुरस्कारको ब्ववस्था गरिएको आयोजकले जनाएको छ । नगरपालिकाले खेलकुद  विकास समिति सैनामैना  मार्फत २ लाख ५० हजार आर्थिक सयोग रहेको छ । सैनामैनामा  प्रत्यक वर्ष राष्ट्यिस्तरको गोल्डकप संचालन गरिने खेलकुद विकास समिति सैनामैनाका उपाध्यक्ष श्याम अधिकारीले जानकारी दिएका छन् ।

चैत १ गत बाट सञ्चालन हुने खेलमा  आयोजक क्लब र देशभक्त भैरव एफ.सी नवलपरासी बिच खेल हुने  आयोजकले जानकारी दिएको छ ।