इन्टलेक्च्युअलमा बिद्यार्थीलाई बिदाई

298

इन्टलेक्च्युअलमा बिद्यार्थीलाई बिदाई

बुटवल, २८ फागुन । बुटवल कालिकानगर मझुवा स्थित इन्टलेक्च्युअल एकेमेडमीमा कक्षा १० का बिद्यार्थीलाई बिदाई गरिएको छ । प्रवेशिका परीक्षाको तयारी गरेका उनीहरुलाई सोही बिद्यालयमा कक्षा ९ मा अध्ययन गर्ने बिद्यार्थीले सम्मान सहित बिदाई गरेका हुन् ।

बिद्यार्थी बिदाई कार्यक्रममा बोल्दै रुपन्देहीका सहायक जिल्ला शिक्षा अधिकारी टिकाराम शर्माले ठूलो भन्दा पनि राम्रो मान्छे बन्ने प्रयास गर्न बिद्यार्थीलाई आग्रह गर्नुभयो । कक्षा ९ की छात्रा सुशिला सोमैको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालय सञ्चालक समितिका अध्यक्ष डिल्लीराज अर्याल, संस्थापक अध्यक्ष डा. कृष्ण खरेल, प्रवन्ध निर्देशक रामराज पोख्रेल, प्राचार्य ध्रुवराज पन्थी, कोर्डिनेटर खुम पालुङ्गे, शिक्षक सुरेश चौधरी, बिद्यार्थीहरु स्मृति मरासिनी, नविना ज्ञवाली लगायतले भनाई राख्नुभएको थियो ।