राउनटेवलद्धारा रक्तदान

402

राउनटेवलद्धारा रक्तदान

भैरहवा, २८ फागुन । सामाजिक कार्यमा सक्रिय लुम्विनी राउण्ड टेवल र शिद्धार्थनगर राउण्ड टेवलले आज भैरहवामा रक्तदान गरेका छन् ।
अन्तराष्ट्रिय राउन टेवल डेको अवसर पारेर रक्तदान गरिएको हो । कार्यक्रममा ४४ जनाले रक्तदान गरेको लुम्विनी राउण्ड टेवलका सचिव रोहीत अग्रवालले जानकारी दिए ।

कार्यक्रममा लुम्विनी राउन टेवलका अध्यक्ष बिनय गोयल, शिद्धार्थ राउण्ड टेवलका अध्यक्ष सुनिल आस्वानी लगायतको सहभागीता रहेको थियो । यी संस्थाहरुले स्थापना देखी शिक्षा, स्वास्थ्य जस्ता सामाजीक क्षेत्रमा काम गर्दै आएका छन् ।