महिलालाई प्राप्त अधिकार कार्यान्वयनमा जोड

503

महिलालाई प्राप्त अधिकार कार्यान्वयनमा जोड

बुटवल, २८ फागुन । मानव अधिकारको लागि एकल महिला रुपन्देहीले १०७ औ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको सन्दर्भमा बुटवलमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

नेपालको संविधान कार्यान्वयन र विकासक्रममा महिला अधिकार भन्ने बिषयमा गरिएको अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै महिला अधिकारकर्मी हेमा न्यौपानेले महिलालाई अधिकार सम्पन्न बनाउनकालागि संविधानले प्रदत्त गरेका हकाधिकार हुवहु कार्यान्वयन हुनु पर्ने बताउनु भयो ।

संस्थाकी अध्यक्ष राधिका श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बयोबृद्ध एकल महिला ७१ वर्षीय निलकुमारी श्रेष्ठले समयसंगै महिला अधिकार सम्पन्न भएपनि प्राप्त अधिकार पाउन नसकेको बताउनु भयो । उहाँले प्राप्त भएका अधिकारलाई कार्यान्वयन गर्नकालागि स्वयम् महिला सक्रिय हुनु पर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले एकल महिलालाई समाजले हेर्ने दृष्टि अझै पनि सकारात्मक हुन नसकेको बताउँदै एकल हुनुमा महिलाको कुनै पनि दोष नभएकाले सबैलाई सम्मान गर्ने बानीको बिकास गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा माया दर्नाल, विमला पन्थी, रिजन श्रेष्ठ, महेन्द्र पाण्डे, मनु खड्का लगायतले भनाई राख्नुभएको थियो ।