नागिलाद्वारा नयां शक्ति परित्याग

400

नागिलाद्वारा नयां शक्ति परित्याग

बुटवल, २९ फागुन । नयां शक्ति पार्टी रुपन्देहीका विद्यार्थी इन्चार्ज नारायण नागिलाले नयां शक्ति पार्टी परित्याग गर्नु भएको छ । बुटवल–६, निवासी नागिलाले नयां शक्ति पार्टी परित्याग गरेको लुम्बिनी अनलाईनलाई जानकारी दिनुभयो ।

उहांले आफु नयां शक्तिको प्रदेश नम्बर ५ को सदस्य र रुपन्देही विद्यार्थी इन्चार्जको पदबाट अलग रहेको जानकारी दिनुभयो । जनयुद्धकाल देखि माओवादीमा आवद्ध नागिला बावुराम भट्टराईले नयां शक्ति गठन गरे संगै नयां शक्तिमा सक्रिय हुनुहुन्थ्यो । नागिला हालै गठित साझा पार्टीका नेता मुमाराम खनालका निकट हुनुहुन्छ ।