बुटवल, ३० फागुन । होलीका अवसरमा आज विभिन्न संघ संस्थाहरुले होली मिलन कार्यक्रम गरेका छन् । बुटवलमा पत्रकारसम्बद्ध संघ संस्थाहरुले पनि होली मिलन कार्यक्रम गरेका छन् । नेपाल प्रेस युनियन रुपन्देही, प्रेस सोसाईटी रुपन्देही र संघिय पत्रकार परिषदले संयुक्त रुपमा होली मिलन कार्यक्रम गरेका हुन् ।
कार्यक्रममा सांसद अब्दुल रज्जाकले होली पर्वले समाजिक सद्भाव कायम गर्ने बताउदै एक आपसमा मिलेर अघि बढ्न प्रेरणा मिल्ने पनि बताउनु भयो । नेपाली कांग्रेस रुपन्देहीका सभापती समेत रहनु भएका रज्जाकले होली पर्वले संविधानको कार्यानवयन घोषित निर्वाचन सम्पन्न गर्नका लागि राजनितिक नेतृत्वलाई प्ररणा मिल्ने भन्दै संचार जगतको एकताको पनि कामना गर्नु भयो ।
नेपाल प्रेस युनियन रुपन्देहीका सभापती बिक्रम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जनमुक्ती पार्टीका नेता अशोक पुन, नयाशक्ती पार्टीका केन्द्रीय सदस्य महेन्द्र भुषाल, नेपाल पत्रकार महासघ रुपन्देहीका पुर्व सभापती हरि लम्साल, बुटवल उद्योग बाणिज्य सघका अध्यक्ष महेशमान सिंह, पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधी खरेल, पश्चिमाञ्चल यातायात व्यवसायी समितिका निर्वतमान अध्यक्ष लोकराज पोख्रेल, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष गणेश अधिकारी लगायतले होली पर्वका अवसरमा कार्यक्रम आयोजना गरेर संचार सम्बद्ध संगठनहरुले सामाजिक एकताको सन्देश दिएको बताएका थिए । प्रेस सोसाईटीका अध्यक्ष रमेश पोख्रेलको संचालन, संघीय पत्रकार परिषदका केन्द्रीय सचिव सोनु थापको स्वागत र कार्यक्रम संयोजक अमृत पाण्डेको धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैबीच होलीका अवसरमा तिलोत्तमा उद्योग बाणिजय संघले आज भलवारीमा होली मिलन कार्यक्रम गरेको छ । कार्यक्रममा संघका पदाधिकारी सदस्य, बिभिन्न संघ सस्था र आमा समुहको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै संघका अध्यक्ष गुणनिधि भण्डारीले अन्य सस्थाहरुसंगको सम्वन्ध बिस्तार र आपसी सदभाव बढाउन संघले स्थापनादेखि होली मिलन कार्यक्रम आयोजना गरेको उल्लेख गर्दै आउदो बर्ष आफ्नै भवनमा होलीमनाउने बताउनु भयो । कार्यक्रममा बरिष्ठ उद्योगी तथा सल्लाहकार चन्द्रमान श्रेष्ठ, पशुपति घिमिरे, जिल्ला बिकास समिति रुपन्देहीका योजना अधिकृत उपेन्द्र ज्ञवाली, आमा समुहका अध्यक्ष गीता पौडेल संघका उपाध्यक्ष कृष्ण शर्मा लगायतले बोल्नु भएको थियो ।
यसैबीच बुटवल मिलनचोक श्रीकृष्ण पथका स्थानीयले फागुपूर्णिमा विशेषरुपमा मनाएका छन् । रङ्गहरुको पर्व होलीलाई विशेष बनाउन सम्पूर्ण टोलवासी जम्मा भई टोलमा विविध कार्यक्रम गरी मनाएका छन् । स्थानीय कृष्ण श्रेष्ठ , विष्णु शाही, रामभक्त कंडेल, दिपक श्रेष्ठ, डिलाराम खनाल लगायत, कृष्णप्रसाद लम्साल लगायतको सक्रिय सहभागितामा विहानैदेखि सम्पूर्ण टोलवासी जम्मा भई एकै ठाउँमा खानपीन गर्दै रङ्गहरु साटासाट गरी होली मनाउन सुरु गरेका थिए । विहानको खाजासँगै साझसम्म संयुक्त रुपमा नाचगान गर्दै टोलमा होली मनाउँदा समुदायमा सद्भाव र एकता कायम हुने उनीहरुको भनाई रहेको छ ।
विभिन्न जात, वर्ग र पेसाका एउटै समाजमा बस्ने हामी यस्ता पर्वमा एक भएर मनाउँदा सामाजिक सदभाव पनि बढ्ने मनोरञ्जन पनि हुने टोलका अगुवा कृष्ण श्रेष्ठले बताए । त्यसैगरी होलीमा बाहिर जाँदा विभिन्न घटना हुने सम्भावना बताउँदै टोलमा मनाउँदा परिवारसँगै समाजका व्यक्तिहरुसँग पनि साथमा भइने हुँदा यो पर्व आफ्नै समाजमा मनाउँदा भाइचाराको विकास हुने टोलवासी किशोर पंगेनीले बताए । कार्यक्रममा मनोरञ्जनमुलक खेल घैटोफारे पनि सञ्चालन गरेको स्थानीय लक्ष्मण रानाले बताए । आफ्नो टोलमा गीतसंगीत, खेलकुद, खानपीन सहित मनोरञ्जनका साथ होली मनाउँदा खुशी लागेको उज्जवल शाहीले बताए । त्यसैगरी टोलका महिला पुरुष, बालबालिका सबै एक भएर पर्व मनाउँदा यो वर्षको होली विशेष भएको भगवती पौडेलले बताइन् ।