आश्रमका बालबालिकासँग होली

289

आश्रमका बालबालिकासँग होली

कोटीहवा, ३० फागुन । जेसीआई भलवारी रुपन्देहीले आज तिलोत्तमा –२० कोटीहवा स्थित नेपाल अविनाश अनाथ आश्रमका बालबालिकासँग होली उत्सव सम्पन्न गरेको छ । आश्रमका बालबालिकासँग रङ् खेल्ने, नाचगान गर्ने, प्रहसन गर्ने तथा सहभोज गर्दै जेसीज पदाधिकारीले होलीपर्व मनाएका थिए ।

जेसीआई भलवारीका अध्यक्ष मुक्तिनाथ गैह्रेको अध्यक्षता तथा कानुनी सल्लाहकार शिवप्रसाद बस्यालको संयोजकत्वमा कार्यक्रम भएको थियो । महासचिव किशोर पङ्गेनीको सञ्चालनमा भएको कार्यक्रममा आश्रमका अध्यक्ष कृष्ण ज्ञवाली, भलवारी जेसीजका पूर्व अध्यक्ष शिवप्रसाद गैरे, रमेशकुमार पराजुली, निवर्तमान अध्यक्ष भेषराज पाण्डेय, सदस्य तारा गौतम (पौडेल) लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा भलवारी जेसीजको तर्फबाट कार्यालय सञ्चालन खर्चस्वरुप थप नगद राशी सहयोग र तारा गौतमका छोरा उज्ज्वल पौडेलको जन्मोत्सवको अवसरमा सामाग्री वितरण गरिएको जेसीआई भलवारीका कोषाध्यक्ष प्रकाश गैरेले जानकारी दिनुभयो ।