नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलमा सुवेदी

2.1K

नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलमा सुवेदी

भरत प्रधान/
लिस्बन (पोर्चुगल), ३० फागुन । नेकपा माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलको अध्यक्षमा नारायण प्रसाद सुबेदी निर्बाचित भएका छन् । शनिबार राजधानी लिस्बनमा सम्पन्न भएको मञ्चको पाँचौ अधिवेशनले सुबेदीको नेतृत्वमा आगामी दुई बर्षे कार्यकालका लागि १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा कान्छाराम बुढाथोकी, दिपक राना र डोलराज भण्डारी निर्वाचित भएका छन् । अधिवेशनले पूर्व बिद्यार्थाी नेता रुपन्देहीका मनोज पोखरेललाई महासचिवमा निर्बाचित गरेको छ । युवा नेता पोखरेल अखिल क्रान्तिकारी बिद्यार्थी सँगठन रुपन्देहीका पूर्व कोषाध्यक्ष, सँगठनका पूर्व केन्द्रीय सदस्य तथा पार्टीका पूर्व जिल्ला सदस्य हुन् । यस्तै दुई सचिवमा ईश्वर रिजाल र समिर अधिकारी चयन भएका छन् ।

                                               नारायण प्रसाद सुबेदी- अध्यक्ष .

कोषाध्यक्षमा सिता ढकाल र सहकोषाध्यक्षमा घनश्यामा सुेबेदी चयन भएका छन् । यस्तै सदस्यहरुमा उन्नत डल्लाकोटी, भिमसेन पोखरेल, गुमानसिँह कार्की, कमानसिँह तामाङ, लेखनाथ दनाई, दीपक भट्टराई, सुरज अधिकारी, गोपाल न्यौपाने, निश्चल तिमिल्सिना र निरज बान्था मगर निर्बाचित भएको निर्बाचन समितिका सहसँयोजक रुपक श्रेष्ठले जानकारी दिनुभयो । मञ्चका अध्यक्ष डिलाराम चापागाईको अध्यक्षता, मञ्चका युरोप सँयोजक सुरेन्द्र भुषालको प्रमुख आतिथ्यता तथा युरोप सहसँयोजक राममणि रिजालको आतिथ्यतामा अधिबेशन सम्पन्न भएको हो ।

                                                               मनोज पोखरेल-महासचिव

पोर्चुगलमा रहेका आप्रवासी नेपालीका समस्या समाधानका लागि यहाँ क्रियाशिल सबै नेपाली सँघसँस्था सँग सहकार्य गर्दै मञ्चको गतिबिधीलाई थप सकृय ढँगबाट अगाडी बढाउने नवनिर्बाचित महासचिव मनोज पोखरेलले बताउनुभयो ।