टौवामा आगलागी

471

टौवामा आगलागी

देवदह, १ चैत । रुपन्देहीको देवदह–८ तल्लो खैरेनीमा आगलागी हुदा परालको टौवा जलेर नष्ट भएको छ । स्थानिय बालकृष्ण जैसीको परालको टौवामा आगलागी भएको हो ।

आगलागी हुदा करिब ६० हजार बराबरको पराल र काठ जलेर नष्ट भएको देवदह प्रहरी चौकीले जनाएको छ । आगो स्थानियबासी र बुटवलबाट आएको दमकलको सहायतामा निभाउन सफल भएको स्थानियबासीले बताए । मौसम परिर्वतन भएकोले हावाहुरीको समय हुदा आगोलागीको क्षतिबाट बच्न सम्पूर्ण मानिसहरुले सचेतता अपनाउनुपर्ने देवदह प्रहरी चौकीका इन्चार्ज केशन थापाले बताए ।

उनले ज्वलनशिल पदार्थ सलाई, काटी, लाइटर, बालबच्चाले भेट्ने ठाउ“मा राख्दा आगोलागीको जोखिम बढ्ने बताए । हावाहुरीको समयमा आगो र बालबच्चालाई अभिभावकले विशेषगरी निगरानी गर्नुपर्ने थापाले सुझाव दिएका छन् ।