ललित पाण्डेय/
सैनामैना, १ चैत । रुपन्देहीको सैनामैनामा सवारी दुर्घटनामा परि श्रीमान् श्रीमतीको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तरगत सैनामैनाको झारबैरामा सानो गाडी (उईङ्गर) र मोटरसाईकल एक आपसमा ठक्कर खादा दुई जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरिक्षक यमलाल बञ्जाडेले जानकारी दिएका छन् ।
बिहान सवा सात बजेतिर पश्चिम बाट पुर्व जादै गरेको लु १ ज २२२३ नम्बरको उईङ्गरले सोही दिशा तर्फ जादै गरेको लु ९ प ४४८८ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो । ठक्कर बाट मोटरसाईकलमा सवार दुई जना गम्भिर घाईते भएका थिए । ठक्कर बाट गम्भिर घाईते भएका सैनामैना ३ बस्ने श्रीमान श्रीमती ४८ वर्षिय नारायण खनाल र ३२ वर्षिय कमला खनालको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरी निरिक्षक बञ्जाडेले जानकारी दिएका छन् ।
उनीहरुले सैनामैनामा किराना पसलको ब्यवासय गर्दै आएका थिए । ठक्कर दिने सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दम्पत्तीका दुई छोरी एक छोरा रहेका छन् ।