कांग्रेस बेल्जियमको मतगणना स्थलमा जे देखियो

490

कांग्रेस बेल्जियमको मतगणना स्थलमा जे देखियो

ब्रसेल्स/बेल्जियम
लुभेन सहरको अलि पर अनि शान्त स्थानमा रहेको च्यास क्याफे जो नेपालीले संचालन गरिरहेका छन । यो अरु दिनको भन्दा सोमबारको दिन अलि व्यस्त र विशेष बन्यो ।

नेपाली कांग्रेस बेल्जियमको मतगणना स्थल लाइ यो क्याफे रोजिनु र धेरै भन्दा धेरै नेपालीहरुको उपस्थितिले गर्दा यसको आकर्षक अझै बढाएको थियो । बिहान देखि साझ सम्म त्यहा उपस्थित उम्मेदवारहरुको अवस्था निकै दयनीय देखिन्थ्यो । उनीहरुका आंखाले उनीहरु धेरै दिनदेखि निन्द्रा देवीको काखमा पर्न सकेका छैन् भन्ने प्रस्ट पारेको थियो । सबैले आफ्नो अडकल काटिरहेका थिए ।  कम मत ल्याउने निरास  देखिन्थे भने मतमा केही अगाडी रहेका अनुहारमा चमक भरिदै गएको देखिन्थ्यो  ।

सदा झैँ वादविवाद र होहल्ला हुने नेपाली कांग्रेस बेल्जियमको मतगणना यसपाली शान्ति पूर्ण रुपमा सम्पन्न भएको छ । विगतको  मतगणना रातको समयमा गर्दा ठुलो विवाद र हात हालाहालको स्थिति रहेको थियो । जुन यसपाली हुन् पाएन । लुभेन सहरमा रहेको च्यास क्याफेमा जन सम्पर्क समिति बेल्जियमको मतगणना सोमबार बिहानदेखि सुरु भएको मतगणना झन्डै १० घन्टामा सकियो । घोषणा चाहि भैसकेको थिएन ।

नेपाली कांग्रेसको भातृ संगठन जन सम्पर्क समिति बेल्जियमको चौथो अधिवेशनले नयां नेतृत्वको टुंगो लगाएको छ । परिणाम मिश्रित आएको छ । सीता सापकोटा र माधब सापकोटा दुवै प्यानलका सहभागीहरुले बिजयी हासिल गरेका छन । समितिको अध्यक्षमा सीता सापकोटा, वरिष्ठ उपाध्यक्ष देबु पौडेल, उपसभापति कमल सिटौला र बिराट जोशी निर्वाचित हुनु भएको छ ।

माधब सापकोटाको प्यानल बाट उप सभापतिमा नरहरि सापकोटा र महामन्त्रीमा सुबास गुरुङ र दिनेश भण्डारी बिजयी हुनु भएको छ । उहाको प्यानल बाट लुभेन क्षेत्रमा १ जना सहभागीले मात्रै सदस्यमा निर्वाचित हुनुभयो ।