हामीले पनि पटक-पटक आग्रह गर्दा भारतले नाका खोलेन-कोइराला

534

हामीले पनि पटक-पटक आग्रह गर्दा भारतले नाका खोलेन-कोइराला

pm

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा निवर्तमान प्रधानमन्त्री सुशल कोइरालाले आफ्नो नेतृत्वको सरकारले पटक-पटक नाका खोल्न आग्रह गर्दा पनि भारतले नाका नखुलेको बताएका छन् ।‘मैले नेतृत्व गरेको सरकारले पटक-पटक नाका खोल्न आग्रह गर्दा भारतले आफ्ना कारणले नाका बन्द भएको छैन । आन्दोलनकारीकै कारण बन्द भएकाले आफूले केही गर्न नसक्ने जवाफ दियो’ शनिबार बसेको व्यवस्थापिका संसदको बैठकमा कोइरालाले भने ।आफूले नेपालतर्फको सुरक्षाको जिम्मा लिने बताउँदा पनि भारतले नमानेको उनले बताए ।‘नेपालतर्फको सुरक्षको जिम्मा हामी लिन्छौ भन्दा पनि भारतले नाका खोल्न मानेन ।’ कोइरालाले भने ।मधेसी मोर्चासँग कुरा मिल्यो भने सबै समस्याको समाधान हुने बताउँदै कोइरालाले वार्ता गरेर समस्याको समाधान गर्न सरकारलाई सुझाब दिए ।