इन्टलेक्च्यूअलमा आंखा परिक्षण

357

इन्टलेक्च्यूअलमा आंखा परिक्षण

बुटवल, २ चैत । इन्टलेक्च्यूअल एकेडेमी स्कुल, कालिकानगर मझुवा बुटवलमा आज निःशुल्क आंखा परिक्षण गरिएको छ । बुटवल लायन्स आंखा अस्पतालको सहयोगमा आयोजीत शिविरमा कुल साढे ६ सय विद्यार्थीमध्ये साढे ५ सय जनाको परिक्षण गरिएकोमा २४ जनामा समस्या देखिएको छ । अस्पतालका सुवर्ण श्रेष्ठको नेतृत्वमा जगदिस केवट, विनोद चौधरी र मदन वास्तोलाको सहभागिता रहेको थियो ।