शंकरनगरमा काँग्रेसको भेला

345

शंकरनगरमा काँग्रेसको भेला

बुटवल, २ चैत । तिलोत्तमा नगरपालिका–२ शंकरनगरमा बृहत भेला सम्पन्न भएको छ । बृहत भेला नेपाली कांग्रेस तिलोत्तमा नगर समितीको संयोजन र वडा नं. २ वडा कार्य समितीको आयोजनामा भएको हो ।

तिर्थराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा महासमिती सदस्य यमबहादुर खत्री, प्रेमनारायण खरेल, सचिव कुलप्रसाद पराजुली, वडा उपाध्यक्ष पुर्णबहादुर खत्री, चिरञ्जीवी पौडेल, प्रेमबहादुर फौदार, कृष्णबहादुर गौतम, हरिलाल पाण्डे शिव गै्रहे लगायतले बोल्दै आसन्न स्थानिय निर्वाचनमा पार्टीको जितको सुनिश्चितताका लागि अवलम्बन गर्नुपर्ने भावी कार्यक्रम, कार्यनिती, रणनिती सम्बन्धमा धारणा राखेका थिए ।