एम्समा उत्प्रेणात्मक कार्यशाला

663

एम्समा उत्प्रेणात्मक कार्यशाला

बुटवल, २ चैत । एम्स कलेज बुटवलले रोट¥याक्ट क्लब अफ बुटवलको संयोजनमा ’आइ एम द वेस्ट’ उत्प्रेणात्मक कार्यशाला सम्पन्न गरेको छ । वाणिज्य संकाय स्नातक तहका युवा विद्यार्थीहरुलाई वृत्ति विकासका लागि जोश, जागर र हौसला प्रदान गर्न ’आइ एम द वेस्ट’ उत्प्रेणात्मक कार्यशाला गरिएको हो ।

६० जना विद्यार्थी एवं प्राध्यापकहरुको सहभागिता रहेको कार्यशालालाई नेशाल इन्स्टीच्यूट फ र लिडरसिप डेभलपमेन्ट प्रा.लि., काठमाण्डौकी कार्यकारी निर्देशक उषा मल्ल सिं ले सहजीकरण गर्नु भएको थियो । उहांले सहभागी युवाहरुलाई आफ्नो क्षमताको पहिचान गराउँदै नेतृत्व विकास, क्षमताको उपयोग, उत्प्ररेणात्मक मनोवल जस्ता विषयमा सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा एम्स कजुकेशन फाउण्डेसनका कार्यकारी निर्देशक गोपाल प्रसाद न्यौपाने, क्याम्पस प्रमुख दीपक ढकालले सवैलाई आफ्नो क्षमताको उच्चतम सदुपयोग गरी अवसर प्राप्तिको निम्ति अघि बढन हौसला प्रदान गर्नु भएको थियो ।

क्लबका प्रेसिडेन्ट बसन्त श्रेष्ठको अध्यक्षता राजिव खनालको संचालन र प्रकाश भण्डारीको संयेजनमा भएको कार्यक्रममा सहभागिताहरुले उत्कृष्ट हुनका निम्ति अवलम्वन गर्नु पर्ने सिद्धान्तका विषयमा राखेका जिज्ञासाहरुलाई प्रमुख प्रशिक्षकले सहजिकरण गर्नु भएको थियो ।