सिद्धार्थमा रक्तदान हुने

369

सिद्धार्थमा रक्तदान हुने

बुटवल, २ चैत । नेपाल बिद्यार्थी संघ सिद्धार्थ गौतमबुद्ध क्याम्पस इकाइ समिति बुटवलले चैत ७ गते रक्तदान गर्नेभएको छ । नेपाली कांग्रेसका तत्कालिन सभापति तथा पुर्व प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोईरालाको स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको इकाइ सभापति महेश  शर्माले बताउनुभयो ।

सो कार्यक्रममा  प्राध्यापक, बिद्यार्थी, पत्रकार ,कर्मचारी र शुभेच्छुक सबैलाइ रक्तदान गर्नुहुन पनि अनुरोध गरिएको छ । स्व जिपी कोईरालाले नेपालको शान्तिप्रक्रिया र देशमा परिवर्तनका लागि पु¥याएको योगदानको कदरको स्मरण गर्दै कार्यक्रम राखिएको हो । कार्यक्रममा रक्त संचार केन्द्र बुटवलको प्राबिधिक टोलीले सहयोग गर्नेछ । नेविसंघले हरेक बर्ष कोईरालाको स्मृति दिवसमा रक्तदान गर्दै आइरहेको छ ।