राममन्दिरमा १६४ औं सत्संग

468

राममन्दिरमा १६४ औं सत्संग

हरिश ढकाल/
बुटवल, २ चैत । बुटवल ६ स्थित ऐतिहासिक एवं धार्मिक महत्वको पबित्रस्थल श्रीराम मन्दिरमा १६४औं नियमित सत्संग तथा भजनकिर्तन कार्यक्रम सम्पन्न भएको छ ।

श्रीराम मन्दिर सेवा समिति तथा विश्व हिन्दु महासंघ रुपन्देहीको संयुक्त आयोजनामा सम्पन्न सो नियमित सत्संग तथा भजनकिर्तन कार्यक्रममा संस्थाका कार्यवहाक अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठले मानव जिवनमा सत्संगको महत्वबारे प्रकाश पार्नु भयो । सो अवसरमा शान्ति स समृद्धीका लागि आध्यात्मिक चिन्तनको आवश्यक्ताबारे जानकारी दिदै उहाँले धर्मले मानिसलाई सभ्यता र अनुसाशन पालना गर्न सिकाउने बताउनु भएको थियो ।

कार्यक्रममा प्रमुख वाचक सल्लाहकार पण्डित पुरुषोत्तम पाण्डे, प्रध्यापक डा.बाबुराम ज्ञवाली, बैद्धिक धर्म परिषदका नगर अध्यक्ष श्यामप्रसाद भुसाल, सल्लाहकार हिरादेवी शाक्य लगाएतले बोल्दै  मानव जिवनमा आध्यात्मिक चिन्तनको भुमिकाको परिचर्चा  गरेका थिए । साथै नियमित सत्संगले मानिसमा आत्मशान्ति गराउने र दुराचारी भावनालाई मेटाउन मद्दत गर्ने बताउदै अब घरघरबाट धर्मको जर्गेना गर्नुपर्ने समय आएको बताएका थिए ।

कार्यक्रममा विश्व हिन्दु महासंघ महिला समितिका अध्यक्ष अम्बिका पौडेलको स्वागत, संस्थाका सहकोषाध्यक्ष तथा बुटवल नगरपालिकाका पूर्व मेयर पुनाराम पोख्रेलको धन्यवाद ज्ञापन रहेको कार्यक्रमको संचालन कार्यालय प्रमुख उर्मिला श्रेष्ठको रहेको थियो ।