सैनामैनामा मतदान केन्द्र निर्धारण

604

सैनामैनामा मतदान केन्द्र निर्धारण

माधव ज्ञवाली/
सैनामैना, २ चैत । सरकारले आगामी बैशाख ३१ गते स्थानी निर्वाचनको मिति तोकेसंगै रुपन्देहीको सैनामैना नगरपालिकामा पनि मतदान केन्द्र निर्धारण गरिएको छ ।

सरकारले भर्खरै मात्रै स्थानीय निकायको संरचना सार्वजनिक गरेलगत्तै साविकको सालझण्डी सहितको सैनामैना नगरपालिकामा रहेका ११ वडामा स्थानीय निर्वाचनका लागि १२ मतदान केन्द्र तोकिएको हो । जस अन्तर्गत वडा नं. १ का लागि सैनामैना माबि रानीबगिया, २ का लागि कालिका निमावि विकल्पका लागि मतदान केन्द्र तोकिएको छ ।

सुरक्षाका हिसावले अनुपर्युक्त भएमा सुरक्षा निकायसंग परामर्श गरी अन्यत्र सारिने नगरपालिकाले जनाएको छ । त्यसैगरी वडा नं. ३ र ४ को निर्वाचन केन्द्र पर्रोहा मावि मुर्गिया, वडा नं. ५ को बक्सड मावि र मलमला माविमा मध्ये एकमा, वडा नं. ६ को रामापुर उच्च मावि कलौनी, वडा नं. ७ को सरस्वती मावि देउवापार, वडा नं. ८ को जनकल्याण मावि भड्सा चौर, वडा नं. ९ को जनचेतना मावि बाँसगढी, वडा नं. १० को पशुपति मावि सालझण्डी, वडा नं ११ को साविक गाविस भवन सालझण्डी र कोटिया मावि तासी गरी १२ मतदान केन्द्र तोकिएको छ ।

सैनामैना नगरपालिका मा ३६ हजार २ सय ७९ मतदाता छन् । सरकारले स्थानीय निर्वाचनको मिति तोकेसंगै नगरपालिकामा कृयाशिल राजनीतिक दलहरुमा पनि चुनावको रौनकले छोएको छ । पार्टीका नेताहरु आफ्नो पार्टीलाई जिताउने गरी निर्वाचनको तयारीमा जुटेका छन् भने पार्टी भित्रै पनि नेताहरु आन्तरिक रुपमा टिकट आफ्नो पोल्टामा पार्नका लागि दौडधुप सुरु गरेका छन् ।