पश्चिमाञ्चल फाईनान्स र कुमारी बैंक मर्ज हुँदै

488

पश्चिमाञ्चल फाईनान्स र कुमारी बैंक मर्ज हुँदै

बुटवल, २ चैत । बुटवलमा रहेको पश्चिमाञ्चलफाईनान्स कम्पनी र कुमारी बैंक बिच एकिकरण हुने भएको छ । फाईनान्सको २१ औं वार्षिक साधारण सभामा कायम मुकायम कार्यकारी अधिकृत दिपक खनालले कुमारी बैंक संगको एकिकरणका लागि अन्तिम प्रस्ताव तयार भएको जानकारी दिनुभयो ।

सो प्रस्तावमा कुमारी बैंकको एक शेयर बराबर पश्चिमाञ्चल फाईनान्सको ०.८५ प्रतिशत कायम हुनेछ । यी दुई वित्तिय संस्था बिच एकिकरण नहुँदा सम्मदुबै तर्फका सञ्चालक समिति यथावत रहने समेत साधारण सभामा जानकारी गराईएको थियो । फाईनान्समा काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली बिकास बैंक र काँक्रेविहार बिकास बैंकलाई पनि सामेल गर्ने बिषयमा समेत छलफल भएको थियो ।

साधारण सभाले लेखा परिक्षणका लागि शिवहरी एण्ड कम्पनीका चार्टर एकाउन्टेन्स शिवहरी शर्मालाई नियुक्तिगर्ने प्रस्ताव पारित गरेको छ । साधार सभामा संस्थापक शेयर धनी देवेन्द्रप्रसाद ध्वजु, साधारण शेयरधनी निर्मल प्रसाद लाकौल र सुक्रप्रसाद बस्यालले भनाई राख्नुभएको थियो ।

फाईनान्स सञ्चालक समितिका अध्यक्ष गोपालबहादुर पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक ज्ञानेन्द्रप्रसाद कसजुको स्वागत तथा कम्पनी सचिव सुन्दरकुमार पाठकले सञ्चालन गर्नुभएको थियो ।