जुकेना रुपन्देही सम्पर्क समाजद्वारा रक्तदान

826

जुकेना रुपन्देही सम्पर्क समाजद्वारा रक्तदान

भैरहवा, ३ चैत । अर्घाखाँची जुकेना सम्पर्क समाज रुपन्देहीले बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अर्घाखाँची जिल्लाको जुकेना गाविसबाट रुपन्देही जिल्लाको विभिन्न ठाउँमा आइ बसोबास गर्ने व्यक्तिहरुले गठन गरेको समाजले आफ्नो विभिन्न सामाजिक कार्य गरे अनुरुप बुटवलको रक्तसंचार केन्द्रमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

गतबर्ष स्थापना भएको संस्थाले संस्थाको प्रथम बार्षिक साधारण सभाको पुर्व सन्ध्यामा आयोजना गरेको रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेको संस्थाका सचिव बिष्णु पौडेलले बताउनुभयो । संस्थाका अध्यक्ष कमल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नुमेन्द्र पौडेल, सदस्यहरु माधब न्यौपाने, गोपाल प्रसाद पौडेल, सरस्वती पौडेल लगायतको सहभागिता थियो ।

संस्थाको प्रथम बार्षिक साधारण सभा यही चैत ५ गते बुटवलको क्लभ डेनेभोमा विहान ८ बजे हुने आयोजकले जनाएको छ ।