नदीमा डुबेर वेपत्ता

1.3K

नदीमा डुबेर वेपत्ता

नवलपरासी, ३ चैत । नवलपरासीको कावासोती १७ अमलटारी घाटमा मलामी गएका एकजना युवक नदीमा डुबेर वेपत्ता भएका छन् । मलामी गएका कावासोती १४ डण्डा निवासी २७ बर्षीय सोमनारायण थनेत कावासोती १७ अमलटारीघाटमा नारायणी नदीमा नुहाउने क्रममा विहीबार वेपत्ता भएका हुन् ।
स्कूल बस पल्टंदा १६ जना घाइते
उनको खोजी कार्य जारी रहेको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । त्यस्तै मध्यविन्दु ५ रातेडांडामा न्यू नेपाल इङलिस बोडिङ्ग स्कूल बाघखोरको ना २ ख ७७ ३४ नम्बरको स्कूल बस अनियन्त्रित भई पल्टदा १६ जना घाइते भएका छन् । बस चालक सहित विद्यालयमा अध्ययनरत १५ जना बालबालिकाहरु घाइते भएका हुन् । घाइतेहरुको मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा उपचार भईरहेको कोल्हुवा प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक टिकाराम पौडेलले बताउनुभयो ।

घाइते हुनेहरुमा ३ बर्षदेखि १३ बर्ष उमेरका बालबालिकाहरु रहेका छन् । उनीहरुको हात, खुट्टा, नाक, टाउको लगायतका स्थानमा चोट लगाको प्रहरीले जनाएको छ ।