एक सय २१ युनिट रगत संकलन
बुटवल, ३ चैत । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले आफनो १७ औ वार्षिक साधारण सभाको उपलक्ष्यमा सामाजिक कार्य गरेको छ । संघले आज बुटवलको रक्त संचार सेवा केन्द्रमा रक्तदान कार्यक्रमको आयोजना गरि रगतको अभावबाट कोही कसैले पनि ज्यान गुमाउन नपरोस भन्दै रक्तदान गरिएको रक्तदान कार्यक्रमका संयोजक प्रेम बन्जाडेले बताउनु भयो ।
संघका अध्यक्ष समुन्द्र जिसीको सभापतित्वमा भएको कार्यक्रममा एक सय २१ जनाले रक्तदान गरेको महासचिव बावुराम गौतमले बताउनु भयो । सोही समारोहमा वोल्दै अध्यक्ष जिसीले व्यवसायीहरुको एकताले यस क्षेत्रमै सबै भन्दा बढी रगत दान गर्न संघ सफल भएको धारणा व्यक्त गर्नु भयो ।
रक्तदान कार्यक्रममा रक्तसञ्चार सेवा केन्द्र बुटवलका निरन्जन राजभण्डारी, राधा ज्ञवाली र वारिस खांनले प्राविधिक सहयोग गर्नु भएको थियो । संघले यही ५ गत शनिवार आफनो १७ औं वार्षिक साधारण सभा बुटवलको अम्रपालि पार्टी प्यालेसमा गर्ने भएको संघका वरिष्ठ उपाध्यक्ष राम प्रसाद गौतमले बताउनु भएको छ । संघको १७ औं साधारण सभाको उदघाटन पर्यटन मन्त्रालयका निर्मित सचिव सुरेश आर्चायले गर्नु हुने भएको छ ।