पुराना नेता बेल्वासेको निधन

387

पुराना नेता बेल्वासेको निधन

बुटवल, ३ चैत । नेपाली काँग्रेसका पुराना नेता बुटवल १३ वेलबास निवासी ललितप्रसाद बेल्वासेको ९३ वर्षको उमेरमा निधन भएको छ । उहाँको आज दिउँसो बुटवल वेलवास स्थित आफ्नै निवासमा निधन भएको हो ।

अर्घाखाँचीको ठाडा गाविस वडा नं. ३ मा जन्मिनु भएका वेलवासेका ५ छोरा छन् । उहाँकी बुहारी शारदा बेल्वासे पनि नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनीधि हुनुहुन्छ । उहाँको शवलाई नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. ४ का सभापति हरि लम्साल, बुटवल नगर सभापति खेलराज पाण्डे, नेपाली काँग्रेसका पूर्व जिल्ला सदस्य गंगाबहादुर केसीले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

उहाँको पार्थिव शरीरलाई बिहिबार नै कपिलबस्तुको लक्ष्मण घाटमा अन्त्यष्ठी गरिएको छ ।