सैनामैना गोल्डकपमा सुनौलोको जित

348

सैनामैना गोल्डकपमा सुनौलोको जित

ललित पाण्डेय/
सैनामैना, ३ चैत । प्रथम सैनामैना गोल्डकप नकआउट फुटबल प्रतियोगिताको आजको खेल सुनौलो शान्ति युवा क्लब गजेडीले जितेको छ । न्यु सिर्जना युवा क्लब लाई २–० गोल अन्र्तरले हराउदै सुनौलो शान्ति युवा क्लबले खेल जितेको हो ।

आजको खेलमा ३१ मिनेटमा सुनौलोका जर्सी न ८ का शम्भु पगामीले पहिलो गोल गरि खाता खोेलेका थिए । त्यस्तै शुम्भुलेनै ५१ औं मिनेटमा दोश्रो गोल गर्दै खेललाई जिताएका थिए । खेलमा सुनौलो शान्ति युवा क्लबका धनिराम थारु, जिवन भुजेल न्यु सिर्जनाका दिपु पुनले पहेलो कार्ड पाएका थिए ।

जनप्रिय स्पोर्टिङ्ग युवा क्लब आयोजना सञ्चालन भएको खेलमा सैनामैना नगरपालिकाको संरक्षक रहको छ । सैनामैना ७ देउवापारमा रहेको सरस्वती माविको खेल प्राङ्गणमा सुरु भएको खेल १४ गते सम्म जारी रहने छ । १४ टिमको सहभागिता रहेको खेलमा भोली शुक्रबार सालझण्डी युवा सञ्जाल सालझण्डी र नव युवा खेलकुद तथा सांस्कृतिक क्लब बिच खेल हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको प्रथम पुरुस्कार रु १ लाख १७ हजार १ सय १७ , द्धितिय पुरुस्कार रु ५८ हजार ८ सय ८८ रहेको छ ।

त्यस्तै सेमीफाईनमा प्रवेश गर्ने २ टिमलाई नगर १२ हजार पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन् । उत्कृष्ट खेलाडीलाई ७ हजार ७ सय ७७ रुपैया रहेको छ भने विद्यागतरुपमा उत्कृष्ट खेलाडीलाई रु ४ हजार ४ सय ४४ रुपैया पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।