अटोमा हाईड्रोलिक सिष्टम तालिम

1.5K

अटोमा हाईड्रोलिक सिष्टम तालिम

बुटवल, ३ चैत । बुटवल अटो ईन्जिीनियरिङ्ग एशोसिएशन मैनावगरमा नेपाली सेनाहरुको लागि संचालित हाईड्रोलिक सिष्टमको तालिम सम्पन्न भएको छ ।

बुटवल अटो ईन्जिीनियरिङ्ग एशोसिएशन तथा नेपाल सरकार रक्षामन्त्रालय, नेपाली सेना विद्युत तथा यान्त्रिक शिक्षालय खरीपाटी व्यारेक भक्तपुरको संयुक्त रुपमा आयोजनामा  भएको तालिम फागुन २२ देखि चैत ४ गते सम्म संचालन भएको थियो । तालिममा १४ जना नेपाली सेनाका जवान सहभागी थिए ।

तालिम समापन कार्यक्रममा बोल्ने वक्ताहरुले अटो एशोसिएशनले सेनाका जवानलाई अटो क्षेत्रको तालिम दिएर राम्रो काम गरेको प्रशंसा गरेका थिए । बुटवल अटो ईन्जिीनियरिङ्ग एशोसिएशन कार्यवाहक अध्यक्ष प्रेम गौचनको सभापतित्वमा सम्पन्न कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष महेशमान सिंहले तालिममा सिकेका सीपलाई व्यवहारमा लागु गर्न सके तालिमले सार्थकता पाउने वताउनु भयो ।

समापन कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मी, सहायक गणपति शिशिर बस्नेत, संस्थाका सल्लाहकार टंक पोखरेल, नेपाल अटो मेकानिक्स महासंघका वरिष्ठ उपाध्यक्ष जनार्धन घिमीरे, पूर्व अध्यक्ष ज्योती भण्डारी, संस्थाका उपाध्यक्ष मीनराज भुषाल, प्रशिक्षक राधाकृष्ण देउला, महासचिव वावुलाल पाण्डे, रोसन पाण्डे, प्रशिक्षार्थी श्यामसुन्दर, भास्करराज महर्जन लगायतले भनाई राखेका थिए ।