काठमाडौं, ३ चैत । नेपाल प्रहरीको आईजीपी विवादको अन्तिम सुनुवाई चैत ६ गते हुने भएको छ । सरकारले डिआइजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गरेको विषयमा परेको मुद्दामा सर्वोच्च अदालतमा बिहीबार पनि अन्तिम बहस हुन सकेन ।
सुनुवाई हुन नसकेपछि मुद्दा चैत ६ गतेलाई पेशी तोकिएको छ । मुद्दा न्यायाधीशद्वय तेजबहादुर केसी र इश्वरप्रसाद खतिवडाको इजलासमा राखिएको थियो । चन्द पक्षका वकिल सुशील पन्तले चन्दलाई महानिरीक्षकका रुपमा काम गर्न गराउन नदिनु भन्ने सर्वोच्चको अन्तरिम आदेशलाई निरन्तरता दिँदा पनि न्यायाधीश केसी रहेको र अन्तिम सुनुवाइ उनले गर्न नमिल्ने बताएपछि बहस हुन नसकेको हो ।
यद्यपी अर्का डिआइजी नवराज सिलवालका वकिल टीकाराम भट्टराईले अन्तिरम आदेश निरन्तरता दिने इजलासमा केसी बसेका भए पनि उनले अन्तिम सुनुवाई गर्न सक्ने बताएका छन् । सरकारले डिआईजी जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षकमा गरको नियुक्तिमा परेको रिट सर्वोच्च अदालतलको पूर्ण इजालसमा सुनुवाई हुने भएको छ ।