लुम्विनी ट्रकद्धारा रक्तदान

503

लुम्विनी ट्रकद्धारा रक्तदान

भैरहवा, ४ चैत । लुम्बिनी ट्रक यातायात व्यवसायी संघ, सिद्धार्थनगर रुपन्देहीले आज रक्तदान गरेको छ । संघले आफ्नो छैठौ बार्षिक साधारण सभाको पुर्व सन्ध्यामा रक्तदान गरेको हो ।

साधारण सभाको पुर्व सन्ध्यामा पडसरीमा आयोजना गरिएको रक्तदानमा संघका पदाधिकारी, कर्मचारी तथा ब्यबसायी गरी ३१ जनाले रक्तदान गरेको महासचिव रुमाखर गौतमले जानकारी दिनुभयो । संघका अध्यक्ष बिष्णु प्रसाद खरेलको अध्यक्षता, नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका उपसभापति दिपक क्षेत्री न्यौपाने, पश्चिमाञ्चल ट्रक समिति बुटवलका निवर्तमान अध्यक्ष लोकराज पोखरले लगायतले मन्तब्य राख्नु भएको थियो ।

२०६७ सालमा यस क्षेत्रमा रहेका ट्रक व्यवसायीहरुको अग्रसरतामा भैरहवामा केन्द्र रहने गरि स्थापना भएको संघको शनिवार भवन शिलान्यस तथा साधारण सभा हुदै छ । ५५ वटा ट्रकबाट सुरु भएको समितिमा हाल ७ सय ४२ वटा ट्रक रहेको महासचिव गौतमले बताउनुभयो  ।