बुटवलमा पनि मालपोतको सेवा सुरु

बुटवलमा पनि मालपोतको सेवा सुरु

butwal

बुटवल । आइतबारबाट बुटवलमा मालपोल कार्यालय सञ्चालनमा आएको छ ।विवादका कारण भैरहवामा रहेका मालपोतका श्रेस्ताहरु बुटवलमा सार्न निकै कठिनाइ भएको थियो । दसैंंको बिदाका बीचमा कार्यालयका सरसामान कागजपत्र र श्रेष्ताहरु बुटवलमा ल्याइएको थियो ।

रुपन्देहीको भैरहवामा मात्र रहेको कार्यालयले नागरिकको चाप थेग्न नसकेपछि बुटवल लगायतका १० क्षेत्रलाइ कार्यक्षेत्र बनाउदै बुटवल १०  मा आइतबारबाट नयँँ कार्यालय सुरु भएको हो । यो सँगै रुपन्देहीमा २ वटा मालपोत कार्यालय भएका छन् ।दसैं बिदा सकिएपछिको पहिलोदिनमै १५ जनाले सेवा लिएको मालपोल कार्यालय बुटवलका प्रमुख मालपोत अधिकृत यादबराज पाण्डेयले बताए ।

‘अब टीम स्प्रीट साथमा काम हुन्छ’ उनले थपे-ँ सेवाग्राहीलाइ छिटो छरितो तथा सुलभ ढंगले बुटवल कार्यालयबाट सेवा प्रबाह गर्ने प्रतिबद्धता गर्दछु । ’उनी १ महिनाअघि जिल्ला मालपोत कार्यालय नवलपरासीबाट बुटवल कार्यालयमा सरुवा भएर आएका हुन् ।बुटवल कार्यालयले साबिकका बुटवल नगरपालिका,गाबिसहरु पर्राेहा, दुधराक्ष, मोतिपूर, सेमलार, केरवानी, गजेडी, शंकरनगर, मक्रहर, आनन्दबन र करहियाका सेवाग्राहीका धितो अंशबण्डा,जग्गापास तथा जग्गा सम्बन्धि सबैकाम गर्ने कार्यालयका नायब सुब्बा मीनबहादुर श्रेष्ठले बताए ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •