
बुटवल/विजयादशमीका अवसरमा नेपाली काँग्रेसले सोमबार अपराह्न १ बजेदेखि ४ बजेसम्म दशरथ रङ्गशालामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दैछ ।
मुलुकको राष्ट्रियता कमजोर भएका बेला प्रवासमा रहनुभएका नेपाली काँग्रेसका नेता बिपी कोइराला र गणेशमान सिंह राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ साल पुस १६ गते स्वदेश फर्केपछि मेलमिलाप, सहमति र सहकार्यबाटै प्रजातन्त्रको सुदृढीकरण हुन्छ भन्ने मान्यताका साथ २०३५ सालदेखि नेपाली काँग्रेसले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।
वर्तमान सन्दर्भमा पनि बिपीले प्रतिपादन गरेकाे राष्ट्रिय मेलमिलापको नीति अझ सामयिक भएको बताउँदै काँग्रेसका मुख्यसचिव ऋषिकेश तिवारीले लोकतन्त्र र राष्ट्रियतालाई झन् मजबुत तुल्याउन चियापा कार्यक्रम आयोजना गरिएको स्पष्ट गरे ।
यसैगरी कांग्रेस रुपन्देहीले दशैको कोजाग्रत पुर्णिमाका दिनमा गर्दै आएको चियापान कार्यक्रम कात्तिक १३ गते गर्ने भएको छ । कात्तिक १३ गते शुक्रबार बिहान ११ बजे पार्टि कार्यालय भैरहवामा चियापान कार्यक्रम गर्ने निर्णय भएको कांग्रेस रुपन्देहीले जनाएको छ ।
यसभन्दा अघि कात्तिक ११ गते कार्यक्रम गर्ने निर्णय गरेको कांग्रेस रुपन्देहीले राष्ट्रपतिको निर्वाचन कार्यक्रमका कारण सांसद्हरु चियापान कार्यक्रममा सहभागि हुन नपाउने भन्दै पार्टिले १३ गतेका लागि कार्यक्रम सारेको जिल्ला सचिव रामकृष्ण खाँणले जानकारी दिए ।
१३ गते हुने चियापान कार्यक्रममा उपस्थितिका लागि पार्टिका जिल्ला सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय, नगरका प्रतिनिधी, भातृभगेनी संघसंगठनका प्रतिनिधि, शुभेच्छुक संघसंस्थाका प्रतिनिधिलाई उपस्थितीका लागि अनुरोध गरिएको सचिव खाँणले बताए ।
–