‘यातायात क्षेत्रका समस्यामा सरकार उदासिन’

905

‘यातायात क्षेत्रका समस्यामा सरकार उदासिन’

भैरहवा, ५ चैत । यातायात क्षेत्रका समस्या प्रति सरकार गम्भीर नभएको गुनासो सम्वद्ध ब्यबसायीहरुले गरेका छन् । लुम्विनी ट्रक यातायात ब्यबसायी सघं शिद्धार्थनगरको आज भैरहवामा भएको छैठौं साधारण सभा तथा भवन शिलान्यास कार्यक्रममा बोल्दै ब्यबसायीहरुले राज्यले वेवास्ता गर्दा ट्रक यातायत क्षेत्र धरासायी भएको र ब्यबसायीहरु पलायएन हुने अवस्थामा पुगेको बताए ।

कार्यक्रममा बोल्दै नेपाल ट्रक यातायात ब्यबसायी महासघंका अध्यक्ष अर्जुन रानाभाटले राजनैतिक दलहरुको बेला बेलामा हुने बन्द हडतालले गर्दा व्यवसाय सकंटमा परेको भन्दै सडक मार्गलाई शान्ति क्षेत्र घोषणा गर्नुपर्ने बताए । उनले भारतबाट आएका १५/२० बर्ष पुराना र क्षमता भन्दा बढी सामान लिएर आएका ट्रकहरुलाई भन्सार बिन्दुमै रोक्नु पर्ने बताए । ‘भारतीय गाडी भन्सारबाट सिधै सामान लिएर नेपालका कुना कुनामा पुग्छन् । उनीहरुले क्षमता भन्दा बढी सामान बोकेका हुन्छन् ।

तर नेपाली ट्रकहरु भने समान नपाएर थन्कीरहेको अवस्था छ,’ उनले भने । एउटा भारतीय ट्रकले बोन्ने सामान नेपाली दुईवटा ट्रकलाई हुन्छ । यस्तो अवस्थामा राज्यले भन्सार सम्ममात्र भारतीय गाडीलाई ईजाजत दिएर नेपालमा नेपाली गाडीलेनै बोन्ने बाताबरण मिलाउनु पर्ने उनको माग थियो । नेपाल भित्र ढुवानी गर्न हामी सक्षम छौ । त्यसकारण राज्यले त्यही अनुसारको नीति बनाउनु पर्छ, उनले भने ।

कार्यक्रममा बोल्दै लुम्विनी ट्रक यातायत ब्यबसायी संघका अध्यक्ष बिष्णु प्रसाद खरेलले पछिललो समय कृत्रीम आर्थीक अभाव देखाएर बैंकहरुले चर्को ब्याज लिदा ब्यबसाय थप समस्यामा परेको बताए । ‘१० टन क्षमता भएका भारतीय ट्रकले ५० टन बोके पनि आफ्नै देशको विर्ता सरह निर्वाध गुडेका छन् । तर आफ्नो देशका ट्रक व्यवसायीले लोडिङ्ग स्थलमा नापतौलको व्यवस्था नहुँदा नहुदै पनि केही मात्रामा तौल बढी भए पनि ट्रार्फिकलाई चर्काे आर्थिक मुल्य चुकाउन बाध्य छौ,’ उनले भने ।

सडकमा यत्रतत्र गाडी रोक्नु पर्ने बाध्यतालाई भरपर्दाे सुरक्षित तथा मर्यादित बनाउन पर्दछ  भन्ने लागेर आफुहरुले नेपाल सरकारबाट ट्रक पार्किङ्ग बनाउन नसकेको अवस्थामा यस संघ र पश्चिमांचल यातायात व्यवसायी समितिले संयुक्त सहकार्यमा पडसरीको मुख्य सडक भन्दा ५०० मिटर पश्चिममा करिब ४ बिगाहा जमिन (भाडा) लिजमा लिएर आधारभुत भौतिक पूर्वाधार सहितको ट्रक पार्किङ्ग स्थल निर्माण भईरहेको उनले बताए ।

सघंका अध्यक्ष खरेलको अध्यक्षता, महासचिव रुमाखर गौतमको सचांलन तथा बरिष्ठ उपाध्यक्ष मदुसुधन आचार्यको स्वागतमा भएको कार्यक्रममा नेपाल ट्रक यातायत ब्यबसायी महासघंका बरिष्ठ उपाध्यक्ष हिरालाल श्रेष्ठ, निवर्तमान अध्यक्ष माधव अधीकारी, मासचिव राजेन्द्र कुमार श्रेष्ठ, ढुवानी ब्यबसायी महासघंका अध्यक्ष सन्त बहादुर डुमजन, जिल्ला न्याधीबक्ता कोसहरी निरौला, नेपाली काग्रेस रुपन्देहीका कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने, तराई मधेस लोकतान्त्री पार्टीका उपाध्यक्ष अजय कुमार गुप्ता, नेकपा एमालेका जिल्ला सदस्य जिवललाल अर्याल, राप्रपाका आनन्द प्रसाद गुप्ता, नारायणी यातायत ब्यबसायी सघंका बद्री चौलागाई, मजदुर सगंठनका कृष्ण प्रसाद कडेंल, पश्चिमाञ्चल ट्रक समितिका टिकाराम गौतम, लुम्विनी ट्रक यातायात ब्यबसायी सघंका सल्लाहकार शसि न्यौपाने लगायतले बोलेका थिए ।

पत्रकार कर्मचारी सम्मानित

यसैबिच छैठौ साधारण सभाको अवसरमा लुम्विनी ट्रक यातायत ब्यबसायी सघंले कर्मचारी तथा पत्रकारलाई पुरस्कृत गरेको छ । यातायत क्षेत्रको समस्या उजागरण र यातायात क्षेत्रको बिकासमा टेवा पु¥याएको भन्दै पत्रकार शारदा मल्ललाई पुरस्कृत गरिएको हो । उनलाई नगद, प्रमाण पत्र र दोसल्ला ओडाई सम्मान समेत गरिएको थियो । यस्तै कर्मचारी तर्फ सन्जीव बाबु काफ्ले र चालक तर्फ हरीमोहन चौधरीलाई नगद सहीत पुरस्कृत गरिएको हो ।

२०६७ साउनमा  ५५ वटा ट्रक सहित स्थापना भएको यो समितिमा हाल ७ सय ४२ बटा ट्रक छन् । भने सघंको नेटवर्क देशभर बिस्तार भएको छ ।  ढुवानीलाई ब्यबसायीकरण गराई ब्यबसायीहरुको हकहित संरक्षण र दुर्घटना न्युनीकरण गर्ने उद्वेश्यले सघं स्थापना गरिएको महासचिव गौतमले बताए ।