दोभानमा कांग्रेसको निर्वाचन परिचालन समिति

345

दोभानमा कांग्रेसको निर्वाचन परिचालन समिति

बुटवल, ५ चैत । नेपाली कांग्रेस तिनाउँ गाउँपालिका वडा नम्बर २ दोभान पाल्पाको वडा भेलाले निर्वाचन परिचालन समिति गठन गरेको छ । बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि भेला आयोजना गरिएको थियो ।

भेलाले तिनाउँ गाउँपालिका वडा नम्बर २ र ३ को ३१ सदस्यीय निर्वाचन परिचालन समिति गठन समेत गरिएको हो । जसको संयोजक दुर्गा बहादुर थापा र प्रेम प्रसाद पाण्डेलाई तोकिएको छ । भेलामा प्रमुख अतिथि नेपाली कांग्रेस जिल्ला कार्य समिति पाल्पाका सदस्य महेन्द्र प्रसाद पाण्डेले बोल्दै पार्टी एक ढिक्का भएर अगाढि बड्नु पर्ने आवश्यकता रहेको औल्याए । उनले आगामी दिनमा नेपाली कांग्रेसकोे कार्ययोजनाको बारेमा समेत जानकारी दिएका थिए ।

नेपाली कांग्रेस दोभान गाउँसमितिका सभापति लाल बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा नेपाली कांग्रेसका जुद्वबिर थापा, टोम बहादुर पुन, उमा पाठक, सावित्रा रायमाझी, प्रेम प्रसाद पाण्डे, ईश्वरी पाण्डे,  दिनेश गैरे, दम बहादुर कार्की लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेकालाई स्वागत गरिएको थियो । नेपाली कांग्रेस दोभान गाउँसमितिका कोषध्यक्ष दुर्गा बहादुर थापाको स्वागत मन्तब्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस दोभान गाउँ समितिका सचिव बिष्णु प्रसाद पाण्डेले गरेका थिए ।