गुल्मी जुभूङ्ग–रुपन्देही सम्पर्क समाजले रचनात्मक कार्यक्रम गर्ने

673

गुल्मी जुभूङ्ग–रुपन्देही सम्पर्क समाजले रचनात्मक कार्यक्रम गर्ने

बुटवल, ५ चैत । गुल्मी जुभूङ्ग–रुपन्देही सम्पर्क समाजले विभिन्न रचनात्मक कार्यक्रम गर्ने भएको छ । समाजको आज बुटवलमा बसेको बैठकले चैतको दोस्रो हप्ता रक्तदान कार्यक्रम गर्ने भएको छ । यसका लागि सह–सचिव मनोज खड्का संयोजक र सदस्य राजीव गौतम सह–संयोजक रहेको समिति गठन गरिएको छ ।

यस्तै नयाँ बर्षको क्यालेन्डर प्रकाशन गर्नका लागि सदस्य राजीव गौतमको संयोजकत्वमा दिपक थापा र शान्ती थापा सदस्य रहेको समिति गठन गरिएको सचिव दिनेश खड्काले जानकारी दिनुभयो । यसैगरी नयाँ बर्षको अवसरमा बैशाख–२ गते शुभकामना आदान प्रदान, क्यालेन्डर बिमोचन तथा वनभोज कार्यक्रम गर्ने पनि समाजको बैठकले निर्णय गरेको छ ।

यस्तै बैठकले लक्ष्मी प्रसाद गौतम, टेक बहादुर थापा, राम बहादुर खड्का, टेक बहादुर बलाल र चिरञ्जीवी  गौतमलाई  सल्लाहकारमा र गिरीराजमणि बिक्रम खड्कालाई कानुनी सल्लाहकारमा चयन गरेको छ । समाजले सदस्यता  विस्तार र विभिन्न ठाँउहरुमा शाखा समितिहहरु विस्तार गर्ने निर्णय गरे अनुसार उपाध्यक्ष टेक बहादुर बलाल, सह–सचिव मनोज खड्का र सदस्य गोपाल गौतमलाई संयोजनको जिम्मेवारी दिएको  छ । समाजका अध्यक्ष बम बहादुर थापाको अध्यक्षतामा बैठक भएको थियो ।