बुटवल, ५ चैत । नेपाली कांग्रेस क्षेत्रीय समिति ४ रुपन्देहीको बैठकले बिभिन्न निर्णय गरेको छ । स्थानीय तहको निर्वाचन नजिकिएपछि क्षेत्रीय समितिको बैठकले चैत १४ गते भित्र सबै वडाहरुको भेला गरिसक्नुपर्ने निर्णय गरेको छ ।
त्यस्तै गरि स्थानीय तहको निर्वाचनमा नेपालको सबैभन्दा ठूलो, पुरानो र शक्तिशाली पार्टी नेपाली कांग्रेसलाई जिताउन कार्यकर्ताहरु परिचालन गर्ने निर्णय समेत गरेको छ । क्षेत्रीय सभापति हरि लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिव रामकृष्ण खांण, जिल्ला सदस्यहरु हरिबहादुर माया गौतम, रामेश्वर श्रेष्ठ, महाधिबेशन प्रतिनिधी रामबहादुर कार्की, नगर सभापति खेलराज पाण्डे, कांग्रेस नेता उदयराज काफ्ले, क्षेत्रीय उपसभापति पर्शुराम ढकाल, सचिव जोगबहादुर खत्री लगायतले बोलेका थिए ।
सो अवसरमा सबैवडाका सभापतिले भनाइ राखेका थिए ।