लियो क्लव अफ सैनामैनामा थापा

453

लियो क्लव अफ सैनामैनामा थापा

सैनामैना, ५ चैत । लियो क्लव अफ सैनामैनाको वर्ष २०१७/१८ का लागि लियो मदन थापाको नेतृत्वमा नयां कार्य समित सर्वसम्मत चयन गरिएको छ ।

आज भएको बोर्ड इलेक्सनले वर्ष २०१७/१८ का लागि नयां कार्य समिति चयन गरिएको हो । जसको प्रथम भाइस प्रेसिडन्टमा लियो  प्रेम थापा, सेकेन्ड भाइस प्रेसिडेन्टमा लियो निरज खनाल र थर्ड भाइस प्रेसिडेन्टमा लियो दृश्य वराल चयन हुनु भएको छ । त्यसै गरी सेक्रेटरीमा लियो सुन्दर पोख्रेल ‘राजु’,जोइन्ट सेक्रेटरीमा लियो तारा पुरी, टे«जररमा लियो प्रदिप ढकाल, जोइन्ट टे«जररमा लियो गणेश बेलवासे, टिमरमा लियो सञ्जय थापा, टेल ट्वीस्टरमा लियो श्याम कडेल चयन हुनु भएको छ ।

त्यसै गरी डाइरेक्टरमा लियो विष्णु गौतम, लियो विक्की क्षेत्री मगर, लियो राजेन्द्र घिमिरे, लियो प्रकाश शर्मा, लियो सुजित कुवर र पि.आर.ओ. ललित पाण्डे चयन हुनु भएको छ । त्यस्तै लियो सिर्जना राना र लियो विनय चौधरीलाई मेम्वरमा चयन गरेको छ । त्यसै गरी पे्रसिडेन्ट एडभाइजरमा लियो कमल घर्ती मगर, लियो कृष्ण भण्डारी, लियो शिवराज पोख्रेल र लियो सुनिल कुमार चौधरीलाई चयन गरेको छ ।

लियो क्लव अफ सैनामैना वर्ष २०१६÷१७ का प्रेसिडेन्ट तथा चार्टर प्रथम उपाध्यक्ष लियो राजबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स डिस्ट्रिक जोइन्ट चेयर प्रसन तथा लायन्स क्लव अफ खस्यौलीका संस्थापक अध्यक्ष लायन मुक्ति प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ, लियो काउन्सिल ३२५ बि २ नेपालका डिस्ट्रिक प्रेसिडेन्ट लायन शारदुलमय कसौधन, पास्ट लियो डिस्ट्रिक सेक्रेटरी लायन्स सिद्धार्थ नगर युथका संस्थापक अध्यक्ष लायन अर्चित श्रेष्ठ, लियो क्लव अफ सैनामैनाका संस्थापक अध्यक्ष लायन आशिष बराल लगायतले निवार्चित समितिलाई सफल कार्य कालका लागि बधाई तथा शुभकामना दिनु भएको थियो ।

साथै कार्यक्रममा बोल्ने बक्ताहरुले लियो क्लव अफ सैनामैना जिल्लाकै उत्कृष्ठ क्लवका रुपमा स्थापित गराउन नयां समितिले सङख्यात्मक कार्यक्रम भन्दा पनि गुणात्मक कार्यक्रमहरुको आयोजना गर्नु पर्ने कुरामा जोड दिएका थिए । सैनामैना ४ मुर्गियामा सम्पन्न कार्यक्रमको संयोजन वर्ष २०१६/१७ का सेकेण्ड भाइस प्रेसिडेन्ट लियो प्रेम थापाले गर्नु भएको थियो भने सचिव लियो कमल घर्ती मगरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।