एपेक्स र न्यू होराईजन विजयी

619

एपेक्स र न्यू होराईजन विजयी

भैरहवा, ५ चैत । रुपन्देही क्रिकेट संघको आयोजनामा जिल्ला सदरमुकाम भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी शशिकान्त–सकुन्तला बर्मा टि–२० क्रिकेट प्रतियोगितामा आज भएको पहिलो खेलमा समुह ‘सी’को एपेक्स क्रिकेट क्लबले देवदह क्रिकेट क्लबलाई चार विकेटले हरायो ।

टस जितेर पहिला ब्याटिङ गरेको देवदह १९ दशमलब ४ ओभरमा ९१ रनमै अल आउट भयो । उसका लागि दिपक भण्डारीले २२, रोशन गौतमले १९ र सुरज दराईले १५ रन जोडे । ब्याट्सम्यानबिच तालमेल नहुँदा देवदहले रन आउटमै विकेट गुमाएको थियो । एपेक्सको बलिङमा अर्जुन बस्याल एक्लैले चार विकेट लिए । महेन्द्र सुबेदी ३ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रेको एपेक्सले १३ दशमलब ५ ओभरमा ६ विकेटको क्षतिमा ९२ रन बनाउँदै लक्ष्य पुरा ग¥यो । उसको जितमा महेन्द्र सुबेदीले २५ रनको योगदान दिए । उनी खेलमा म्यान अफ दि म्याच चूनिए । शुसान्त सिंह थापाले २२ रन बनाए । देवदहका लागि बलिङमा सुरज दराईले तीन र सर्गम चौधरीले दुई विकेट लिए ।

त्यस्तै आज नै भएको दोस्रो खेलमा समुह ‘डी’को न्यु होराइजनले शिवशक्ति क्रिकेट क्लबलाई ३३ रनले पराजित ग¥यो । टस जितेर पहिले ब्याटिङ गरेको न्यू होराइजले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा  १ सय २२ रन बनायो । उसका लागि नुरध्वज सेनले ३७ रन बनाए । विवेक न्यौपानेले १५ र कुशल मल्लले १३ रन जोडे । शिवशक्तिको बलिङमा विष्णु कटरियाले तीन तथा कृष्ण कार्की र दुर्गेश कुर्मीले २÷२ विकेट लिए । अख्तर हुसेनले एक विकेट लिए ।

जवाफी ब्याटिङमा मैदान छिरेको शिवशक्ति १८ ओभरमा ८९ रनमै अलआउट भयो । शिबशक्तिका लागि निकेस जुगजैलीले १८ रन तथा विष्णु कटरिया र इमरान खानले समान १४/१४ रन बनाए । न्यू होराइजनको बलिङमा कुशल मल्ल, विशाल सुनार र गणेश गौडेलले समान दुई÷दुई विकेट लिए । शक्ति गौचर र गोविन्द कार्कीले १÷१ विकेट लिएको रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए । प्रतियोगिताका विजेताले नगद रु. ५० हजार र ट्रफी, उपविजेताले नगद रु. २५ हजार र ट्रफी प्राप्त गर्नेछन् ।

उत्कृष्ट खेलाडीले नगद रु. १० हजार, बेष्ट ब्याट्सम्यान तथा बेष्ट बलरले नगद रु.५/५ हजार प्राप्त गर्नेछन् प्रतेक दिन को म्यान अफ दि मेच ले रु १००० प्राप्त गर्नेछन् । प्रतियोगिता चैत १२ गतेसम्म संचालन हुने छ । प्रतियोगितालाई अमेरिका निवासी विवेक बर्माले आफ्नो स्वर्गीय आमा÷बुवाको नाममा स्पोन्सर गरेका छन् । स्वर्गीय शशिकान्त बर्मा रुपन्देही जिल्लाको क्रिकेट खेलको विकासमा अम्पायर तथा खेलाडीको रुपमा योगदान पु¥याउने व्यक्तित्व मानिन्छन् भने स्वर्गीय सकुन्तला बर्मा रुपन्देही जिल्लाको महिला नेतृ थिइन् ।