सैनामैना गोल्डकपमा कपिलवस्तुको जित

473

सैनामैना गोल्डकपमा कपिलवस्तुको जित

ललित पाण्डेय/
सैनामैना, ५ चैत । प्रथम सैनामैना गोल्डकप नकआउट फुटवल प्रतियोगिताको आजको खेल युनाईटेड कपिलवस्तुले जितेको छ । सैनामैना ११ लाई २–१ गोल अन्र्तरले हराउदै कपिलवस्तुले खेल जितेको हो ।

सैनामैना ११ का ११ नम्बर खेलाडी ईन्द्र पौडेल थापाले ५ औ मिनेटमा पहिलो गोल गरेका थिए । तर उनको गोल जितको लागि प्रयाप्त भएन् । खेलको ३२ औ मिनेटमा कपिलवस्तुका जर्सी न १० का श्याम शिंजालीले गोल गरेका थिए । निकै प्रतिस्प्रर्धात्मक तरिकाले चलेको खेलको अन्तिम समयको ७८ औ मिनेटमा जर्सी न ९ का बिक्रम थापाले गोल थप्दै टिम लाई जिताएका थिए ।

थापालाई नै आज खेलको म्यान् अफ् द म्याच आज घोषित भएका छन् । सैनामैना ७ देउवापारमा रहेको सरस्वती माविको खेल प्राङ्गणमा सुरु भएको खेल १४ गते सम्म जारी रहने छ । १४ टिमको सहभागिता रहेको खेलमा भोली सुनौलो सगंम फुटबल क्लव र शिद्धार्थ युवा क्लब बासगढी बिच खेल हुने क्लबका सचिब रोमनाथ न्यौपानेले जानकारी दिएका छन् ।

प्रतियोगिताको प्रथम पुरुस्कार रु १ लाख १७ हजार १ सय १७ , द्धितिय पुरुस्कार रु ५८ हजार ८ सय ८८ रहेको छ । त्यस्तै सेमीफाईनमा प्रवेश गर्ने २ टिमलाई नगर १२ हजार पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन् । उत्कृष्ट खेलाडीलाई ७ हजार ७ सय ७७ रुपैया रहेको छ भने विद्यागतरुपमा उत्कृष्ट खेलाडीलाई रु ४ हजार ४ सय ४४ रुपैया पुरस्कारको ब्ववस्था गरिएको क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिएका छन्