नियोकले निर्वाचन पर्यवेक्षण गर्ने

469

नियोकले निर्वाचन पर्यवेक्षण गर्ने

बुटवल, ५ चैत । आगामी बैशाख ३१ गते हुन गैरहेको स्थानीय तहको निर्वाचनको राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले पर्यवेक्षण गर्ने भएको छ । यसैक्रममा नियोक रुपन्देहीले आज रुपन्देही जिल्ला भित्र कृयाशिल विभिन्न संघ संस्थाहरुको भेला आयोजना गरी रुपन्देही जिल्ला समिति समेत पुनर्गठन गरेको छ ।

पुनर्गठित कार्य समितिमा सभापति जिवनारायण अधिकारी, उपसभापति सावित्रा वस्याल, सचिव खिमानन्द भट्टराई, कोषाध्यक्ष तिलक भुसाल तथा सदस्यहरुमा डि आर घिमिरे, सह प्राध्यापक मेघराज खनाल, बसन्तराज खनाल, कृष्णा रोका मगर र किस्मती चौधरी रहनु भएको छ ।

नियोक रुपन्देहीका सभापति जिवनारायण अधिकारीको अध्यक्षतामा भएको भेलामा बुटवल उपमहानगरपालिकाका जेष्ठ नागरिक मञ्चका अध्यक्ष राधेश्याम राजभण्डारी, पत्रकार महासंघ रुपन्देही अध्यक्ष यानेन्द्र जि सी, मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति हरिश ढकाल, काहु राष्ट्रका सचिव रुद्रहरी कुवंर, राष्ट्रिय अपाङ्ग महासंघ पश्चिमाञ्चल संयोजक सावित्रा घिमिरे, पारदर्शी सरोकार समूह रुपन्देहीका कोषाध्यक्ष दिपक ढकाल लगायतले बोल्दै सवै संघ संस्थाहरुसंग समन्वय गरेर निर्वाचन पर्यवेक्षण गर्नुपर्ने भन्दै नियोकले विगतमा गरेका पर्यवेक्षणको सह्राना गर्नु भएको थियो ।