योजना आयोगका उपाध्यक्ष पोखरेल र सदस्यको राजीनामा

1.7K

योजना आयोगका उपाध्यक्ष  पोखरेल र सदस्यको  राजीनामा

Dr-Govinda-Pokhrelकाठमाडौँ, ८ कात्तिक । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरूले आज सामूहिक राजीनामा दिनुभएको छ ।

आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेल र स्वर्णिम वाग्ले, भारतेन्दु मिश्र, यज्ञबहादुर कार्की, डा गोविन्द नेपाल, चन्द्रमणि अधिकारी, प्रेम दंगाल र विमला राईलगायत सबै सदस्यहरूले प्रधानमन्त्री कार्यालयमा राजीनामा पेस गरेको सदस्य डा गोविन्द नेपालले जानकारी दिनुभयो ।

नयाँ सरकार गठन भइसकेको अवस्थामा नयाँ सरकारलाई काम गर्न सहज बनाउनका लागि आयोगको बैठक बसेर निर्णय गरी राजीनामा दिएको उहाँको भनाइ छ ।

आयोगले सरकारलाई आर्थिक नीति तथा कार्यक्रम, योजनालगायतका विषयमा सुझाव दिनसक्छ ।