देवस्थलमा नयाँ नेतृत्व

383

देवस्थलमा नयाँ नेतृत्व

बुटवल, ५ चैत । बुटवल योगिकुटी स्थित देवस्थल मन्दिर सञ्चालक समितिको नवौं साधारण सभा तथा सातौं अधिवेशन आज सम्पन्न भएको छ ।
अधिवेशनले पूर्णानन्द गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्षमा अशोक गुरुङ्, उपाध्यक्षमा प्रेमकुमारी पौडेल, सचिवमा पुष्पा शर्मा, सहसचिवमा सुमन्तप्रसाद बस्याल, कोषाध्यक्षमा मणिप्रसाद अधिकारी र सहकोषाध्यक्षमा रञ्जु चापागाई सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको छ । त्यस्तै लेखा समितिको संयोजकमा भरत पाठक निर्वाचित हुनु भएको निर्वाचन अधिकृत राजन भट्टराईले बताउनु भयो ।

समितिका अध्यक्ष रामचन्द्र ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रममा मणिमुकुन्द क्याम्पसका प्रमुख टुकबहादुर क्षेत्री, वडा सचिव गोकुल ज्ञवाली, गोपाल राना, भक्तबहादुर केसी, ज्योती अर्याल लगायतले भनाई राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव विश्वबन्दु न्यौपानेले गर्नुभएको थियो भने कोषाध्यक्ष मणिप्रसाद अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
अध्यक्ष मणिप्रसाद अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।