सालझण्डीमा ओरिन्टेसन

509

सालझण्डीमा ओरिन्टेसन

सैनामैना, ५ चैत । लियो क्लव अफ सालझण्डीको ओरिन्टेसन कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा लियो क्लवको बारेमा तालिम प्रदान गरिएको थियो ।

लियो क्लव अफ सैनामैनाका अध्यक्ष अंकित शाक्यको अध्यक्षता, लायन्स क्लव अफ बुटवलका अध्यक्ष अनिल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्षमा दिनेश श्रेष्ठ, लायन्स क्लब अफ बुटवलका युथ कोडिनेटर मनोज पन्थ, ऐरिया कोर्डिनेट सरोज अर्याल लगायतले कार्यक्रममा बोल्दै क्लवले गर्नु पर्ने कार्यक्रमको बारेमा जानकारी प्रदान गरेका थिए । भिपी राजु श्रेष्ठको स्वागत तथा बिनायक सापकोटा सञ्चालनमा कार्यक्रम सम्पन्न भएको क्लबका पिआरो लेखनाथ खनालले जानकारी दिएका छन् ।