जनतालाई कम्प्युटर

592

जनतालाई कम्प्युटर

देवदह, ६ चैत । रुपन्देहीको देवदह–८ बंगाली स्थित जनता माध्यमिक बिद्यालयलाई कम्प्युटर सहित बिभिन्न सामाग्री हस्तान्तरण गरिएको छ ।
लायन्स क्लव अफ काठमाण्डौ सिटी सहित बिभिन्न व्यक्तिहरुको सहयोगमा बिद्यालयलाई आवश्यक सामाग्री प्रदान गरिएको हो ।

लायन्स क्लव अफ काठमाण्डौ सिटी र क्लवमा आवद्ध व्यक्तिहरुले बिद्यालयलाई दुई थान कम्प्युटर र शुद्ध पिउने पानीकालागि एक थान फिल्टर प्रदान गरिएको क्लवका अध्यक्ष ज्ञानप्रदान गैरेले बताउनु भयो । त्यस्तै स्थानीय जीवलाल पराजुली, माधव रिमाल, बासु रिमाल, रुक्मांगत भारती, गुणाखर भुर्तेल, लक्ष्मण भण्डारी र चन्द्रकान्त खरेल (ध्रुव)ले बिद्यालयलाई सात थान ह्वाईट बोर्ड प्रदान गर्नुभएको छ ।

उक्त सामाग्री आज बिद्यालयमा आयोजित कार्यक्रममा बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष रामप्रसाद देवकोटालाई हस्तान्तरण गरिएको हो । बिद्यालयमा अध्ययन गर्ने वालबालिकाको पठन पाठनमा केही भए पनि सहयोग होस भन्ने हेतुले बिद्यालयलाई सहयोग गरिएको लायन्स क्लव अफ काठमाण्डौं सिटीका अध्यक्ष गैरेले बताउनु भयो । बिद्यालयलाई सहयोग गर्ने सहयोगीहरुलाई आज बिद्यालयले सम्मान समेत गरेको छ ।

सोही कार्यक्रममा स्थानीय शोभाखर वञ्जाडेले बिद्यालयलाई एक थान कम्प्युटर तथा रोटरी क्लव अफ देवदहले तीन थान कम्प्युटर प्रदान गर्ने घोषणा गरेको बिद्यालयका प्रधानाध्यापक चन्द्रकान्त पाण्डेले जानकारी गराउनु भयो । कक्षा नर्सरीदेखि कक्षा ४ सम्म अंग्रेजी माध्यममा समेत पढाई हुने सो बिद्यालयमा हाल चार सय बढी बिद्यार्थीले पठनपाठन गर्दै आएका छन् ।

प्रत्येक वर्ष एउटा कक्षामा अंग्रेजी माध्यम थप गर्दै जाने रणनीति बनाएको बिद्यालयमा आन्तरिक आयश्रोत नहुँदा बिद्यालय सञ्चालनमा समस्या भएको प्रधानाध्यापक पाण्डेले बताउनु भयो । यो वर्ष मात्रै जिल्ला शिक्षा कार्यालय रुपन्देहीले माध्यमिक तहका बिद्यार्थीकालागि ६ लाख ५० हजार रुपैंया लागतमा पुस्तकालय स्थापना गरेको छ ।

जिल्ला शिक्षा कार्यालयले प्रदान गरेको दरवन्दी न्यून भएको र बिद्यालयको आन्तरिक आयस्रोत नभएका कारण सहयोग बटुलेर बिद्यालय सञ्चालन गर्नु परेको अध्यक्ष देवकोटाले बताउनु भयो ।