ललित पाण्डेय/
सैनामैना, ६ चैत । प्रथम सैनामैना गोल्डकप नकआउट फुटबल प्रतियोगिताको आजको खेल सुनौलो सगम युवा क्लब देवीनगरले जितेको छ । शिद्धार्थ युवा क्लव बासगढीलाई फराकीले ५–१ गोल अन्र्तरले हराउदै सुनौलो सगमले खेल जितेको हो ।
सुनौलोका जर्सी न ४ का विश्वास श्रेष्ठले ३४ औ मिनेटमा पहिलो गोल गर्दै खेलमा खाता खोलेका थिए । विश्वासले लगातार ६१, ६४, ७४, ७९ औ मिनेटमा गोल गर्दै खेलको म्यान् अफ् द म्याच घोषित हुदै खेललाई जिताएका थिए । शिद्धार्थका जर्सीन १ का विक्रम श्रीसले ५५ मिनेटमा १ मात्र सान्तवना गोल गरे पनि जितका लागि प्रयाप्त भएन ।
सैनामैना ७ देउवापारमा रहेको सरस्वती माविको खेल प्राङ्गणमा सुरु भएको खेल १४ गते सम्म जारी रहने छ । १४ टिमको सहभागिता रहेको खेलमा भोली बाट दोश्रो चरणका प्रतियोगिता सुरुवात हुदै छ । यसै बिच भोली देशभक्त भैरव एफ सी नवलपरासी र गोर्खा ब्वायज स्पोटर्स् क्लब बिच खेल हुने क्लबका सचिब रोमनाथ न्यौपानेले जानकारी दिएका छन् ।
प्रतियोगिताको प्रथम पुरुस्कार रु १ लाख १७ हजार १ सय १७ , द्धितिय पुरुस्कार रु ५८ हजार ८ सय ८८ रहेको छ । त्यस्तै सेमीफाईनमा प्रवेश गर्ने २ टिमलाई नगद १२ हजार पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन् । उत्कृष्ट खेलाडीलाई ७ हजार ७ सय ७७ रुपैया रहेको छ भने विद्यागतरुपमा उत्कृष्ट खेलाडीलाई रु ४ हजार ४ सय ४४ रुपैया पुरस्कारको ब्यवस्था गरिएको क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिएका छन् ।