‘कोइराला सबैका सम्मानका पात्र’

531

‘कोइराला सबैका सम्मानका पात्र’

नेविसंघद्वारा सिद्धार्थमा रक्तदान
बुटवल, ७ चैत । स्वर्गीय गिरिजाप्रसाद कोईरालाकाई सातौं स्मृति दिवसको अवसर पारेर नेपाल बिद्यार्थी संघ सिद्धार्थ गौतम बुद्ध क्याम्पस इकाई समितिले आज रक्तदान गरेको छ ।

नेपाली काँग्रेसका तत्कालिन सभापति तथा पूर्व प्रधानमन्त्री समेत रहेका कोईरालाको स्मृतिमा सिद्धार्थ क्याम्पसमा नेपाल बिद्यार्थी संघले प्रत्येक वर्ष रक्तदान कार्यक्रम गर्दै आएको छ । सामाजिक एकता कायम गराउन र रगतको अभावमा कसैले पनि ज्यान गुमाउनु नपरोस भनेर प्रत्येक वर्ष कोईरालाको स्मृतिमा रक्तदान गर्दै आएको इकाई सभापति महेश शर्माले बताउनु भयो । रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको उक्त कार्यक्रममा संघका पदाधिकारी, सदस्य, प्राध्यापक, बिद्यार्थी लगाय गरि ५७ जनाले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले राजनीतिक सहमति, एकता र सहकार्यलाई आत्मसात् गर्दै आएका कोईरालाको जीवनीबाट केही कुरा मात्रै सिक्न सकेपनि त्यसले फाईदा पु¥याउने बताउनु भयो । उहाँले नेपालको राजनीतिक बृत्तका केन्द्रमा रहेका कोईरालाले नेपाली काँग्रेसलाई मात्रै नभएर मुलुकको शान्ति प्रकृयाका सुत्रधार भएकाले सबैका सम्मानका पात्र भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस रुपन्देही क्षेत्र नं. ४ का क्षेत्रीय सभापति हरि लम्सालले मुलुकका लागि ठूलो योगदान पु¥याएका जिपि कोईरालाको योगदानलाई कसैले पनि भूल्न नसक्ने उल्लेख गर्दै यस्ता कार्यक्रमले नयाँ पुस्तालाई समेत उनका बारेमा जानकारी गराउने भएकाले कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

इकाई समितिका सभापति महेश शर्माको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका जिल्ला सदस्य हरिबहादुर आचार्य क्षेत्री, बुटवल नगर समितिका सभापति खेलराज पाण्डे, स्वयम् सेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री, क्याम्पसका निमित्त प्रमुख ताराप्रसाद ज्ञवाली, इकाई उपसभापति अर्जुन खत्री, सचिव दिपक घिघिरे लगायतले भनाई राखेका थिए ।

जिपी स्मृति दिवसमा अन्तरक्रिया
नेपाली काँग्रेस बुटवल वडा नं. ८ मा सातौं जिपी स्मृति दिवसको अवसर पारेर अन्तरक्रिया कार्यक्रम गरिएको छ । अन्तरक्रिया कार्यक्रममा गिरिजाप्रसाद कोईरालाले मुलुकलाई पु¥याएको योगदानको बारेमा चर्चा गरिएको थियो । कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले गिरिजाप्रसाद कोईरालाले सशस्त्र द्वन्द्वको राजनीतिमा रहेको माओवादीलाई राजनीतिको मुल धारमा ल्याएर शान्तिको सुत्रपात गरेकाले शान्तिका सुत्रधारका रुपमा सम्मान गर्नुपर्ने धारणा राख्नुभयो ।

वडा सभापति कृष्णप्रसाद न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा बुटवल नगर सभापति खेलराज पाण्डे, वडा सचिव बिष्णु भण्डारी लगायतले भनाई राख्नुभएको थियो । वडा समितिले यहि चैतको १४ गते वडा भेला गर्ने निर्णय गरि भेलामा सहभागि हुनकालागि वडाका आम कृयाशिल सदस्य तथा काँग्रेसमा आस्था राख्ने सबैलाई आह्वान गरेको छ ।