सैनामैना गोल्डकपमा नवलपरासी सेमिफाईनलमा

505

सैनामैना गोल्डकपमा नवलपरासी सेमिफाईनलमा

ललित पाण्डेय/
सैनामैना, ७ चैत । प्रथम सैनामैना गोल्डकप नकआउट फुटवल प्रतियोगिताको आज बाट क्वाटरफाईनका खेलहरु सुरु भएका छन् । आज भएको क्वाटरफाईनको पहिलो खेलमा देशभक्त भैरव एफ सी नवलपरासी सेमिफाईनलमा प्रवेश गरेको छ ।

गोर्खा ब्वायज स्पोटर्स् क्लबलाई २–० गोल अन्र्तरले हराउदै नवलपरासी बिजयी भएको हो । निकै कडा प्रतिस्प्रर्धात्मक खेलमा देशभक्त भैरव नवलपरासीका जर्सी नं. १२ का राम बहादुर थापाले २ गोल गरेका थिए । थापाले खेलको २४ र ६१ औ मिनेटमा गोल गर्दै आजको खेलमा म्यान् अफ् द् म्याच घोषित भएका छन् ।

सैनामैना ७ देउवापारमा सरस्वती माविको खेल प्राङ्गणमा सुरु भएको खेल १४ गते सम्म जारी रहने छ । १४ टिमको सहभागिता रहेको खेलमा भोली कपिलबस्तु जिल्ला फुटबल संघ र फर्साटिकर एफ सी पर्साटिकर बिच खेल हुने क्लबका सचिब रोमनाथ न्यौपानेले जानकारी दिएका छन् । यस अघि कपिलबस्तुले एन्फा एकेडेमी बुटवलाई हराउदै दोश्रो चरणमा प्रवेश गरेको थियो ।

प्रतियोगिताको प्रथम पुरुस्कार रु १ लाख १७ हजार १ सय १७ , द्धितिय पुरुस्कार रु ५८ हजार ८ सय ८८ रहेको छ । त्यस्तै सेमीफाईनमा प्रवेश गर्ने २ टिमलाई नगर १२ हजार पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन् । उत्कृष्ट खेलाडीलाई ७ हजार ७ सय ७७ रुपैया रहेको छ भने विद्यागतरुपमा उत्कृष्ट खेलाडीलाई रु ४ हजार ४ सय ४४ रुपैया पुरस्कारको ब्ववस्था गरिएको क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिएका छन् ।