ललित पाण्डेय/
सैनामैना, ८ चैत । प्रथम सैनामैना गोल्डकप नकआउट फुटबल प्रतियोगितामा आज फर्साटिकर एफ सी सेमिफाईनलमा प्रवेश गरेको छ । कपिलबस्तु जिल्ला फुटबल संघ लाई ५–४ गोल अन्र्तरले पराजित गर्दै फर्साटिकरले जितेको हो । निकै कडा प्रतिस्प्रर्धात्मक खेलमा दुबै टिम बाट १–१ गोल बराबरी भएपछि खेल ट्राईबेकरकमा धकलिएको थियो ।
प्रतियोगितामा फर्साटिकरका जर्सी न १२ का सुजन राना र कपिलबस्तुका केशव नेपालीले ३७ औ मिनेटमा गोल गरेपछि खेल बराबरी भएको थियो । ट्राईबेकरमा धकेलिएको खेलमा कपिलबस्तुका भरत कार्की , केशव नेपाली र विवेक मल्लले १–१ गोल गरेका थिए । त्यस्तै फर्साकिरका सुजन राना, भुपाल गुरुङ्ग , गौरव बुढा मगर , कृष्ण रानाले समान एक एक गोल गरेका थिए ।
सैनामैना ७ देउवापारमा रहेको सरस्वती माविको खेल प्राङ्गणमा सुरु भएको खेल १४ गते सम्म जारी रहनेछ । १४ टिमको सहभागिता रहेको खेलमा भोली युनाइटेड कपिलबस्तु र सुनौलो शान्ती गजेडी बिच खेल हुने क्लबका सचिब रोमनाथ न्यौपानेले जानकारी दिएका छन् । यस अघि कपिलबस्तुले एन्फा एकेडेमी बुटवलाई हराउदै दोश्रो चरणमा प्रवेश गरेको थियो ।
प्रतियोगिताको प्रथम पुरुस्कार रु १ लाख १७ हजार १ सय १७ , द्धितिय पुरुस्कार रु ५८ हजार ८ सय ८८ रहेको छ । त्यस्तै सेमीफाईनमा प्रवेश गर्ने २ टिमलाई नगर १२ हजार पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन् । उत्कृष्ट खेलाडीलाई ७ हजार ७ सय ७७ रुपैया रहेको छ भने विद्यागतरुपमा उत्कृष्ट खेलाडीलाई रु ४ हजार ४ सय ४४ रुपैया पुरस्कारको ब्ववस्था गरिएको क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिएका छन् ।