स्ववियु सभापति पौडेलमाथि आक्रमणको प्रयास

436

स्ववियु सभापति पौडेलमाथि आक्रमणको प्रयास

मिना पौडेल /
देवदह, ८ चैत । देवदह आर्दश बहुमुखी क्याम्पसका स्ववियु सभापति कृष्ण पौडेलमाथि आक्रमणको प्रयास भएको छ । आज ंदिउसो करिब १२ बजेको समयमा मोटरसाइकलमा आएका ६/७ जनाको समुहले उनलाई देवदह ६ मिलनचोकमा आक्रमणको प्रयास गरेको हो ।

आक्रमणकारीले उनी सवार बा १५ च ७२७९ नं को निजी कार र मोवाइल लुटेर लगेको देवदह प्रहरीले जनाएको छ । ६/७ जनाको समुहमा अरु सबैले मुखमा माक्स लगाएको र करिब २८ वर्षको एउटा गोपालमान तमु भन्ने व्यक्तिले मुखमा माक्स नलगाएकोले चिन्न सफल भएको स्ववियु सभापति कृष्ण पौडेलले बताएका छन ।

उनले उक्त गोपालमान तमु पनि गत पुष ४ गते युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या अभियोग लागेका मनोज पुनको साथी रहेका बताएका छन् । उता कृष्णलाई पटक पटक धम्कीको प्रयास भने आउने गरेको देवदहका नाम नखुलाउने सर्तमा एक जना व्यक्तिले बताएका छन् । देवदहमा दुर्गा हत्या काण्डको अर्को घटनाको प्रयास भएकोे हुनाले सुरक्षामा कडा नियम लागु गर्नुपर्ने एमाले जिल्ला कमिटी सदस्य सिद्धिचरण भट्टराई बताए ।

देवदह ६ शिवालयटोल निवासी स्ववियु सभापति पौडलले आफ्नो कसैसंग कुनै दुस्मनी नभएको बताएका छन् । सो घटनापछि देवदहमा नारा जुलुस सहित १ घण्टा चक्काजाम समेत भएको थियो । फागुन १८ गते देवदह आर्दश बहुमुखी क्याम्पसबाट स्वविय चुनावबाट सभापति पदमा विजयी हासिल गरेका थिए ।