कांग्रेसलाई जिताउन तरुण दल लाग्ने

412

कांग्रेसलाई जिताउन तरुण दल लाग्ने

बुटवल, ९ चैत । नेपालीकाँग्रेसको भातृ संगठन नेपालतरुणदलले बुटवल वडा नं. १३ बेलवासमा वडा भेला गरेको छ । नेपाल तरुण दल वडा समितिको आयोजनामा भएको भेलामा बोल्ने वक्ताहरुले लोकतन्त्रलाई संस्थागत बिकास गर्नकालागि पनि आसन्न स्थानीयतहको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउन हर तवरले लाग्नुपर्ने बताएकाथिए ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले युवाहरु देशको शक्ति भएकाले राजनीतिक आन्दोलनबाट प्राप्त लोकतन्त्रलाई संस्थागत बिकास गर्नका लागि युवाहरुको भुमिका अहम भएकाले आफ्नो भुमिकाबाट नचुक्न तरुणदललाई आग्रह गर्नुभयो ।
नेपाल तरुणद लवडा नं. १३ का सभापति प्रेम रानाको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीका सदस्य नारायण पुन, नेपाली काँग्रेस १३ का सभापति पुरुषोत्तम बस्याल, सचिवद्वय लालबहादुर गुरुङ्, खिमानन्दपौडेल, पूर्व जिल्ला सदस्य गंगाबहादुर केसी, क्षेत्रीय प्रतिनीधि ज्ञानहरी वञ्जाडे, नगर सदस्य कृष्णबहादुर कुवँर, वडाकापूर्व सभापति दलबहादुर पुन, तरुण दलका वडा सचिवप्रमोद शर्मा लगायतले धारणा राखेकाथिए ।

सोही अवसरमा बिभिन्न पार्टी परित्याग गरि ३५ जनायुवा नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई नेपाली काँग्रेस रुपन्देहीका सचिवखाँणले सदस्यता प्रदानगरि पार्टी प्रवेश गराउनु भएको थियो ।

काँग्रेसका उम्मेद्वारलाई जिताउन आग्रह

बुटवल उपमहानगरपालिका वडा नं. १७ मा नेपाली काँग्रेसले वडा भेला गरेको छ । वडा भेलामा बोल्ने काँग्रेसका जिल्ला नेताहरुले आसन्न स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेद्वारलाई जिताउनकालागि आम क्रियाशिल सदस्यहरुलाई आग्रह गरे । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले नेपाली काँग्रेसका जितलाई सुनिश्चित गराउनका लागि पार्टीले अंगाडी सारेका उमेद्वारलाई जिताउन प्रतिवद्ध हुनु पर्ने बताउनु भयो ।

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेपाली काँग्रेसले वडा भेला गरेको हो । वडा सभापति प्रेम पौडेलको सभापतित्वमा भएको भेलामा नेपाली काँग्रेस क्षेत्र नं. ३ का क्षेत्रीय सभापति प्रेमबहादुर फौदार, महाधिवेशन प्रतिनीधि युवराज गरि, भरथरी यादव, बुटवल नगर समितिका सभापति खेलराज पाण्डे, जिल्ला सदस्य रमा खड्का, नेता हरिध्वज मल्ल, तेजनीधि रिजाल, घनश्याम चालिसे, तरुण दलका शिव राना लगायतले धारणा राखेका थिए ।

कार्यक्रममा वडा सचिव रामबहादुर मल्लले स्वागत र अर्का सचिव गंगा नेपालले सञ्चालन गर्नुभएको थियो ।