युनाईटेड कपिलवस्तु सैनामैना गोल्डकपको सेमिफाईनलमा

510

युनाईटेड कपिलवस्तु सैनामैना गोल्डकपको सेमिफाईनलमा

ललित पाण्डेय/
सैनामैना, ९ चैत । प्रथम सैनामैना गोल्डकप नकआउट फुटवल प्रतियोगितामा आज युनाईटेड कपिलबस्तु सेमीफाईनमा प्रवेश गरेको छ । सुनौलो शान्ती क्लब कञ्चन गाउपालिका लाई ७–६ गोल अन्र्तरले पराजित गर्दै कपिलबस्तुले जितेको हो । दुबै टिम बाट निर्धारित समयमा १–१ गोल भएपछि खेल ट्राईबेकरमा गएको थियो ।

कपिलबस्तुका जर्सी न ९ का बिक्रम थापाले ४४ औं मिनेटमा पहिलो गरेका थिए । सुनौलो शान्तीका जर्सी न ३ का रुपेन पुनले ४९ औ मिनेटमा एक गोल फकाएर बराबरी भएको थियो । आज भएको अति नै प्रतिस्प्रर्धात्मक खेलमा ट्राईबेकरमा ३– ३ गोल बराबरी भएपछि सडेन डेथमा जितको टुंगो लागेको हो । सडेन डेथमा सुनौलोलाई ३–२ अन्र्तरले पराजित गर्दै युनाईटड कपिलबस्तुले खेल जितेको हो ।

आजको खेलमा कपिलबस्तुका गोलकिपर किमु थापा म्यान् अफ् म्याच भएका छन् सैनामैना नगरपालिकाको सहयोगमा जनप्रिय स्पोटिङ्ग युवा क्लबको आयोजनामा सैनामैना ७ देउवापारमा रहेको सरस्वती माविको खेल प्राङ्गणमा सुरु भएको खेल १४ गते सम्म जारी रहने छ । १४ टिमको सहभागिता रहेको खेलमा भोली सालझण्डी युवा सञ्जाल र सुनौला संगम फुटबल क्लब देबिनगर बिच खेल हुने क्लबका सचिब रोमनाथ न्यौपानेले जानकारी दिएका छन् ।

प्रतियोगिताको प्रथम पुरुस्कार रु १ लाख १७ हजार १ सय १७ , द्धितिय पुरुस्कार रु ५८ हजार ८ सय ८८ रहेको छ । त्यस्तै सेमीफाईनमा प्रवेश गर्ने २ टिमलाई नगर १२ हजार पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन् । उत्कृष्ट खेलाडीलाई ७ हजार ७ सय ७७ रुपैया रहेको छ भने विद्यागतरुपमा उत्कृष्ट खेलाडीलाई रु ४ हजार ४ सय ४४ रुपैया पुरस्कारको ब्ववस्था गरिएको क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिएका छन् ।